राजनीति

मुलुकको राजनीतिलाई तहसनहस पार्ने प्रचण्डसँग छ– ‘मास्टर प्लान’

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

मुलुकको राजनीतिलाई तहसनहस पार्ने प्रचण्डसँग छ– ‘मास्टर प्लान’

काठमाडौं । भारत भ्रमणबाट फर्किएयता अत्यन्त उत्साही देखिएका प्रचण्ड केपी शर्मा ओलीबाट आफूलाई सजिलै प्रधानमन्त्री पद हस्तान्तरण हुने र पार्टीको एकलौटी अध्यक्ष बन्न सहयोग पुग्ने ठान्दैनन् । त्यसैले जतिसक्दो चाँडो केपी ओलीलाई विस्थापित गरेर आफ्नो स्थान सुरक्षित बनाउने र केसैलाई खुसी तुल्याउने प्लानअनुसार प्रचण्ड सक्रिय हुन थालेका छन् । 

 

उनले अहिलेको योजना संसदीय दलमा बुहमत जुटाएर नेता परिवर्तन गरी प्रधानमन्त्री  पदबाट ओलीलाई विस्थतापित गर्नु रहेको बुझिन्छ । त्यसनिम्ति माधवकुमार नेपाललाई आफ्नो पक्षमा मिलाउन प्रचण्डले भरमग्दुर प्रयास गरिरहेका छन् । 


कदाचित संसदीय दलको नेता तथा प्रधानमन्त्री पदबाट ओलीलाई सजिलै विस्थापित गर्न सकिएन भने महान उपलब्धिहरुको रक्षाका निम्ति भन्दै सर्वपक्षीय सरकार गठनको नारा अघि सार्ने र आफै प्रधानमन्त्री बन्ने प्लानमा प्रचण्ड रहेका छन् । यो प्रचण्डको वैकल्पिक योजना हो । यसमा पनि सफल बन्न नसके पार्टी विभाजन गरेर एमाले बाहेकका सबैको गठबन्धन बनाएर प्रधानमन्त्री बन्ने छ । 
 

घटना र विचार साप्ताहिकबाट