समाचार

राजनीति

सिके राउतलाई न्यायाधीशहरुले मुक्ति दिनुको राज यस्तो छ

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

सिके राउतलाई न्यायाधीशहरुले मुक्ति दिनुको राज यस्तो छ

काठमाडौं । ‘मास्टर माइन्ड’ आन्दोलनकारी सिके राउतले चलाखी कतिसम्म गरे भने सरकारले समात्ला र हान्ला भन्ने बुझेरै होला साथमा चार वार्षकी छोरी पनि च्यापेर हिँडे । गत साता रौतहटमा समातिँदा नाबालिग छोरी पनि सँगै थिइन् । जसलाई प्रशासनले रातारात आमा रहेको ठाउँमा जनकपुर पठाएको थियो । 
 

सिके बिखण्डनकारी आन्दोलन चलाइरहेका छन् भन्ने सूचना अदालतसँग नभएको होइन । त्यस्तो गतविधि सञ्चालन गर्ने व्यक्तिमाथि आकर्षित हुने कानुनबारे पनि श्रीमानहरु जनकार नहुने कुरै भएन ।
 

 तर, जब–जब सिके राउत समातिन्छन् तब–तब जुनसुकै जिल्लाका न्यायाधीश पनि जिब्रो बटार्न थालिहाल्छन् । जानेर हो वा त्रासमा परेर उनी समातिनासाथ न्यायाधीशका भाषा, शैली सब लत्रक्क परेर उनकै पक्षमा आउने गरेका छन् । जस्तो कि अहिले पनि जिल्ला अदालत रौतहटमा भइरहेको छ । राज्यविरुद्धको अपराधअन्तर्गत नै जनाको मुद्दा दर्ता गर्न लान खोज्दा सिरहाका श्रीमानले पोहोर पनि ल्याएको थियो, दर्ता होला र भनी टकटकिएका छन् । अर्थात यो विखण्डनकारी गतिविधिमा नजानिँदो पाराले न्यायालयले साथ दिएको छ । 
जनआस्था साप्ताहिकबाट