मुख्य समाचार

राजनीति

कांग्रेसमा पनि सत्तारूढ दलको रोग, पुनः बैठक स्थगित

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

कांग्रेसमा पनि सत्तारूढ दलको रोग, पुनः बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ । 

 

असोज २५ गते बिहीबारका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौं उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो । 

 

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धा्रित कार्यक्रममा व्यस्त हुनुहुन्छ । असोज २५ गतेको बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा अब पार्टीले गठन गरेको निर्देशक समितिमा छलफल हुने बताइएको छ ।