कभर स्टोरी

भिडियो

कुरा: खस्रा मिठा

‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन’ (भिडियोसहित)

‘न्यायालय सडकमा ल्याउने विषय हैन’

मङ्गलबार, २५ पुष २०७४ गते मा प्रकाशित

arun-kumar-subedi-gobinda-kc-interview

काठमाडौं । डा. गोविन्द केसीको भ्रष्टाचारविरोधी अभियानमा ऐकवद्धता जनाउँदै हजारौँ मानिस सडकमा ओर्लिएको बेला केही कोणबाट शंसय पनि उठेका छन् ।

डा. केसीले उठाउनैपर्ने केही ‘जेन्यून’ मुद्धा छोडेर कतिपय मुद्धालाई आफ्नो अस्तित्वको मुद्धा बनाएकोमा केही आशंका उब्जिएका हुन् । डा. केसी अशल भए पनि उनको छायामा अन्य स्वार्थ बोकेका मानिस हावि हुनसक्ने भन्दै यसबारे केही प्रतिक्रिया आएका छन् ।

राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले हालै डा. केसीको अभियानको छायामा गलत नियतका मानिस नेता बन्नसक्ने भन्दै उनको आन्दोलनप्रति नै शंका गरेका छन् ।

सुवेदीले न्यायलय सडकीकरण गर्न नहुने तर्क गर्दै सर्वोच्चको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । ‘सर्वोच्चको निर्णय मान्य नभए पुनरावेदन जाने अधिकार सबै नागरिकलाई छ,’ सुवेदीले भने, ‘त्यस अधिकारको प्रयोग गर्नुपर्छ । न्यायालयको विष्यय भनेको सडकीकरण गर्ने विषय हैन ।’

सुवेदीले डा. केसीलाई भारतीय नेता अन्ना हजारेसँग तुलना गर्दै उनी असल भए पनि उनको आडमा केजरीवाल जस्ता ‘क्रिल्के नेता’ उदाउनसक्ने बताएका छन् ।

साथै भारतको गुजरातमा जातीय माग उठाउँदै आन्दोलनरत हार्दिक पटेल जस्तै डा. केसीको आन्दोलन पनि कतैबाट परिचालित पो छ कि भन्नेमा डा. केसी स्वयंले आफैँलाई अवलोकन गर्नुपर्ने सुवेदीको सुझाव छ । नेपालआजसँगको अन्तरवार्तामा सुवेदीले भनेका छन्, ‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन ।’