राजनीति

भिडियो

डा. केसी काण्डको छानविन अब नेत्रविक्रम चन्द विप्लवको टोलीले गर्नेछ–डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

‘कुन न्यायाधीश दुधले धोएका छन् यहाँ ?’

मङ्गलबार, २५ पुष २०७४ गते मा प्रकाशित

prem-singh-basynat-gobinda-kc-interview

काठमाडौं । गोविन्द केसीको पक्राउविरुद्ध धेरैले आवाज उठाएका छन् । केही राजनीतिक दलका नेताको साथमा थुप्रै युवाहरु आन्दोलनमा नै उत्रिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले केसीको पक्राउबारे आफैँलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि त बौद्धिक वर्गका व्यक्तिहरुले पनि सरकारविरुद्ध आवाज उठाएका छन् ।

राजनीतिक विश्लेषक डा. प्रेमसिंह बस्न्यातले पनि सरकारको गतिविधिप्रति असन्तुष्टि पोखेका छन् । नेपालआजको स्टुडियोमा अन्तरवार्ता दिँदै उनले न्यायलयको कामकारवाही विरुद्ध बोलेका छन् ।

विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको उनको आरोप छ । ‘कुन चाहीँ न्यायाधीश दुधले धोएको छ र यहाँ ?’ उनले भने ।

यसबाहेक राज्यशक्तिमा रहेका अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अहिलेको संरचनामाप्रति नै आक्रोशित बनेका थिए । उनले थपे, ‘यस्तो गरिब देशमा वकिलहरु एक पटक बोलेको मात्रै १ लाख लिन्छन् । कसको विश्वास गर्ने यहाँ ?’

अर्को क्रान्तिकारी नेताको आवस्यकता औंल्याउँदै अर्को बिद्रोह चाहिएको उनले बताए । ‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ,’ उनले नेपालआजसँग कुरा गर्दै भने, ‘विप्लवले बिद्रोह गर्नसक्नेछन् ।’

डा. बस्न्यातले आफू नेत्रविक्रम चन्द विप्लवको राजनीतिक दलसँग सम्बद्ध नभए पनि उनका पछिल्ला गतिविधिका कारण डा. केसीको काण्डको छानविन गर्नसक्ने बताएका छन् ।