खेल

बार्सिलाेनाबाट ४०० खेल पुरा, ३६५ गाेल गर्दै मेस्सीकाे कीर्तिमान

सोमबार, २४ पुष २०७४ गते प्रकाशित
- Bishow

बार्सिलाेनाबाट ४०० खेल पुरा, ३६५ गाेल गर्दै मेस्सीकाे कीर्तिमान

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् ।

अार्इतबार राति स्पेनिस ला लिगाअन्तर्गत लेभान्टेविरूद्धकाे खेलमा गाेल गर्दै जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

बार्सिलाेनाबाट ४०० अाैँ खेलमा गाेल गर्दै मेस्सीले बार्यन म्युनिखका पूर्व स्ट्राइकर मुलरले बार्यनबाट तीन सय ६५ गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानलार्इ बराबरी गरेका हुन् ।

 

मेस्सीले आइतबार राति लेभान्टेसँगको खेलमा १२ औँ मिनेटमा गरेको गोल ला लिगामा उनको तीन सय ६५ औँ गोल थियो । उक्त खेलमा शीर्ष स्थानमा रहेकाे बार्सिलोनाले लेभान्टेलाई ३–० ले हरायो । साथै दाेस्राे स्थानमा रहेकाे एथ्लेटिकाे मड्रिडसँगकाे अंक दूरी ९ कायम राखेकाे छ ।