खेल

राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी तीव्र

शुक्रबार, २१ पुष २०७४ गते मा प्रकाशित

football-4

आगामी माघ २ गतेदेखि ६ गतेसम्म दाङमा २८ औं राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएपछि त्यसको तयारी तीव्र रुपमा भइरहेको दाङ जिल्ला फुटबल महासंघका महासचिव सुशील श्रेष्ठले जानकारी दिए ।

५ विकास क्षेत्रवाट एकएक टोली र ३ वटा विभागिय टोली गरी कूल ८ टिमका बीचमा प्रतिपर्धा हुने महासचिव श्रेष्ठले जानकारी गराए । विभागीय टिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको एकएक टोली हुनेछन् ।

प्रतियोगिताको उद्घाटन माघ २ गते तुलसीपुरको अरनिको मैदानमा हुनेछ भने समापन घोराहीको भरतपुर मैदानमा हुनेछ ।