मेरो परिवार मेरो कथा

अचम्मको परिचय

शुक्रबार, २१ पुष २०७४ गते मा प्रकाशित

13282268_1413318918693799_1575752105_n

सभासद्को सूचीमा परेकाहरुको परिचयात्मक कार्यक्रम राखिएको थियो । संचालकले परिचयका लागि आग्रह गरे । शुरुमा बोल्नेले मेरो परिचय प्रेमराज देबकोटा हो भने । त्यसपछि शान्ताको पालो आयो । उनलेपनि त्यहीं भनिन्ः मेरो परिचय प्रेमराज देबकोटा हो । सबै गलल्ल हासे । सो क्षण सम्झदा उनलाई गर्व लाग्छ । कामुक शान्तासंग हामीले यौनका बारेमा बुझ्न चाह्यौं । उनका ठूल्ठूला गाला अनायशै राता भए । खुलेर हासिन् । लजाउंदै जवाफ फर्काइनः दिनउमेरमा कामैकाम ....। केही नेता अनावश्यकरुपमा नजिकन खोज्थे । रातविरात फोन गर्थे । उनले के काम थ्यो भनेर सोथ्थिन । उनीहरु त्यत्तिकै भन्थे । उनले त्यत्तिकै फोन नगर्नुहोला भनिदिन्थिन् ।

गोलो मुहार । मीठो मुस्कान । खाइलाग्दो ज्यान । चिटिक्क पहिरन । उज्यालो अनुहार । झट्ट हेर्दा १८ बर्ष कम्लरी जीबन जिएकी र क्यान्सरसंग जुंधेकी शान्ता चौधरी यिनै हुन् भन्न पताउनै गाह्रो पर्छ । शान्ताको जीबन अपत्यारिला कहानीको बैंकजस्तो छ । संर्घषपूर्ण जीबनकी सतिशाल शान्ता गल्याामरस देखिन्छिन् । सायद, पत्रिकाका पृष्ठहरु उनको सौन्र्दयका कारण सुन्दर देखिन्थे ।

त्यसैलेपनि उनले काठमाडौं पस्दानपस्दै प्रशस्तै स्थान पाइन् । छोटो समयमै राजनीतिक व्यक्तित्वको विकास गरिन् । कम्लरीबाट एकै पटक सभासद् बनेर काठमाडौं छिरेकी उनले प्रतिकुलतालाई अनुकुलतामा बदल्दै लगिन् । उनले आफुलाई यति छिटो परिस्कृत गरिन् की केही बर्ष अघिका उनका अनुभव अहिले सुन्दा बनावटीजस्ता लाग्नसक्छन् ।

राजनीतिक यात्रा

पहिलो संविधानसभामा उनी नेकपा एमालेको समानुपातिक कोटामा परिन् । सभासद्को सूचीमा परेकाहरुको परिचयात्मक कार्यक्रम राखिएको थियो । संचालकले परिचयका लागि आग्रह गरे । शुरुमा बोल्नेले मेरो परिचय प्रेमराज देबकोटा हो भने । त्यसपछि शान्ताको पालो आयो । उनलेपनि त्यहीं भनिन्ः मेरो परिचय प्रेमराज देबकोटा हो । सबै गलल्ल हासे । सो क्षण सम्झदा उनलाई गर्व लाग्छ । फर्केर हेर्दा छोटै अवधिमा धेरै यात्रा गरेको अनुभुति हुन्छ । सभासद् भइन् । काठमाडौं आइन् । सभाहलमा छिरिन् । पछाडि बसे सुनैदैन भन्ने लाग्यो । उनी हत्त न पत्त पहिलो लहरमा बस्न थालिन् । संगै रहेकी जया घिमिरेले उनलाई च्याप्पै समातिन् ।

कारण उनी सबैभन्दा ठूलो दलको नेता अर्थात प्रचण्ड बस्ने कुर्सीमा बस्न लागेकी रहिछन् । त्यसपछि बल्ल उनले बुझिन्, भवनमा जहां पायो त्यहीं बस्न पाइदो रहेनछ । उनी निरक्षर थिइन् । कम्लरी जो परिन् । तर, पार्टीले उनलाई प्राकृतिक स्रोत व्यवश्थापन समितिको सभापति बनाउने निर्णय गर्यो । शुरुमा त हच्किइन् । तर आंटिली शान्ता अघि बढीन् । निरक्षर सभापति रहेको समितिमा नबस्ने भन्दै कतिपयले समिति नै परिर्वतन गरे ।

माइनुटसमेत अरुले पढ्नुपर्ने सभापति हुंदा उनलाई लाज लाग्थ्यो । पढेरै छाड्ने अठोट गरिन् । दिनभरीको कुदाकुद । राति अक्षर चिन्न र लेख्न थालिन् । केही समयमै शान्ता माइन्युट पढ्ने भइन् । हेर्दाहेर्दै समिति सदस्यहरु तीनछक परे । केही समयपछि उनले कम्प्युटर सिक्न थालिन् । सभापतिका हैशियतमा उनलाई कम्पुटर दिइन्थ्यो । उनले प्रविधिमा हात हालिन् । नभन्दै कम्पुटर चलाउने भइन् । सभापतिको हैसियतमा उनलाई गाडी दिइएको थियो । उनले गाडी चलाउनपनि सिकिन् । किताबै लेखिन । अक्षर चिनेपछि उनलाई संसार चिन्न सहज भयो । उनी भन्छिन्ः शिक्षित भए महिलाका धेरै समस्या हल हुन्छन् ।

शिक्षाले व्यक्तिलाई अवसर पहिल्याउन र प्रतिकुल अवश्थालाई अनुकुलतामा ढाल्न सहयोग पुर्याउंदोरहेछ । दोश्रो संविधानसभाको निर्वाचन हुंने भयो । उनलाई नेताहरुले समानुपातिकमै रहन सुझाए । उनले जननिर्वाचित हुने ईच्छा र अठोट व्यक्त गरिन् । उनको जीबन संर्घषपूर्ण भएपनि राजनीतिमा सहजै हुर्कन पाएकी थिइन् । सभासद् हुन उनले पापड पेल्नै परेन । अनिकालमा परेको एमालेको साख बनेर उदाइन् उनी । उनले राजनीतिको राप र ताप चुनावी मैदानमा महशुश गर्न पाइन् । राजनीतिका भित्रि पाटा रहस्यपूर्ण हुंदारहेछन् । कम्लरीका लागि सभासद् निर्वाचित हुन चानचुन रहेनछ । पैसाको पहिरोका सामू उनको केही लागेन ।

क्यान्सरसंग जुंध्दा 

चुनावी दौडधुप अत्याधिक थियो । थकाइमात्र लागिरहन्थ्यो । तर थाकियो भन्न पाइन्नथ्यो । चुनावपछि जांच गर्दा उनमा ब्रेष्ट क्यान्सर देखियो । क्यान्सरका कारण उनको पूरै कपाल झर्यो । काया कमजोर भयो । आंखा बाहिरै आउलाझैं गरी डरलाग्दो भयो । रुपवती शान्ता कुरुप देखिइन् । जीबनमा अर्को संर्घष शुरु भयो । क्यान्सर उनको मालिक बनेर आयो । चिकित्सकसमेत दंग परे उनको आत्मबल देखेर । भेट्न आउनेहरु उनको हाल देखेर आंशु खशाल्थे । उल्टो उनी सम्झाइबुझाइ गर्थिन ।

धैर्यता र संर्घष गर्ने कौशल उनले कम्लरी जीबनमा सिकेकी थिइन् । उनले कम्लरी हुंदाका अनेकौं विभेद सहिन् । तर उनी जमिन्दारप्रति कुनै गुनासो गर्दिनन् । कुप्रथा र समयका कारण आफुले नारकीय जीबन बिताउन परेको हुंदा व्यक्तिविशेषलाई दोष दिन नहुने उनको बुझाइ छ । चुनौति र संर्घषको सामना गर्न तथा जस्तै परिश्थितिमा पनि धैर्यवान बनाउन जमिन्दारको घर उनका लागि पाठशालाजस्तो बनेको रहेछ । अहिले उनलाई अनुभुति हुन्छ । कम्लरीरुपी नारकीय जीबन नबिताएको भए उनी क्यान्सरसंग जुध्न सक्ने थिइन ।

१८ बर्ष त्यसरी त बिताइयो, क्यान्सर के हो ? उनमा आत्मबल जाग्यो । जमिन्दारप्रति उनी धन्य छन् । जमिन्दारकोमा बस्दा उनले राम्रो लगाउन पाइनन् तर राम्रो लगाएको देख्न पाइनन् । मीठो खान पाइनन् तर मीठो खानेकुरा पकाउन सिकिन् । ठूलाबडा मानिसको दासी भइन् । संगै उनीहरुको व्यक्तित्व र प्रस्तुति जान्न पाइन् । कम्लरी जीबनबाट मुक्ति पाउंदा नपाउंदै काठमाडौं आइन् सभासद्का रुपमा । शहर पचाउन उनलाई गाहे लागेन । किनकी बाल्यकालदेखि नै बसाइ जमिन्दारकोमा भयो । कोसंग कस्तोरुपमा प्रस्तुत हुने कला उनले जानीसकेकी थिइन् ।

 

13246093_1413323928693298_170280158_n

श्रीमानले सौता भित्राएपछि

भारतीय चिकित्सकसमेत अचम्ममा परे जब उनले क्यान्सरपनि सहजै पचाइदिइन् । उपचारमा बीरामीको आत्मबल सबैभन्दा प्रभावकारी हुन्छ भन्थे उनीहरु । क्यान्सरमुक्त भएपनि शान्ता संर्घषमुक्त हुन पाइनन् । श्रीमान वैदेशिक रोजगारमा थिए । अलिअलि कमाइ हुन थालेको थियो । सांसदको तलब र भत्ता जोगाएर उनले दाङमै घर बनाएकी थिइन् । छोराछोरीको पढाइको बन्दोबस्त मिलाएकी थिइन् ।

यस्तैमा उनीमाथि सौता आइलागिन् । अनपढ श्रीमान्ले विए पढेकी सौता भित्राइदिए । श्रीमन्ले उनै माथि लाल्छना लगाउन थाले । शान्तालाई नचिन्ने कोही थिएन । शान्ताको पोइ भनेपछि उसलाईपनि मानिसहरुले चाख मानि मानि सुन्ने नै भए । धेरैका लागि आर्दश पात्र शान्ताको आफ्नै श्रीमान् भने पराइ भए । शान्ता राजनीतिक जीबनमा आएपछि सारै व्यस्त भइन् ।

ठूलाबडाको संगतमा भइन् । कतिले अनर्थ लगाए । श्रीमान बहकिए । श्रीमतीको स्तर बढ्दै जांदा श्रीमान्मा कुण्ठा पलाइसकेको रहेछ । उनले सोको हेक्का धेरैपछिमात्र पाइन् । श्रीमान्को प्रतिष्ठा बढ्दै जांदा श्रीमतीको छाति गर्वले फुल्दछ । तर, श्रीमतीको प्रतिष्ठा बढ्दै जांदा श्रीमानको शीर कुण्ठाले झुक्दोरहेछ भन्ने उनले गहिरो गरी अनुभुति गरेकी छिन् ।

उनी मनको बह पोक्छिन्ः कुनै पनि पति र पत्नीबीच कहीलै कुनै लेवल हुदैन् । त्यहां त केवल माया र छोराछोरी हुन्छन् । जव लेवलको कुरा जन्मन्छ संवन्ध त्यहींबाट सकिन थाल्छ । श्रीमान उच्च पदमा आसिन हुदा श्रीमती गर्व गर्दै घरमा नै बसेपनि घरव्यबहार सुखमय रुपमा चलिरहने अनि श्रीमान् भन्दा माथी श्रीमति पुग्ने बित्तिकै लेवल नमिल्ने भन्ने हुन्छ ?

विद्यालय यात्रा

चुनाव हारेको बेला । परिवार हरेको बेला । उनको मनमा अनेक तर्कना शुरु भए । यस्तैमा उनले विद्यालय जाने सोच बनाइन् । पढाइको महत्व सभासद् हुंदा उनले राम्रैसंग बुझेकी थिइन् । कक्षा आठमा भर्ना भइन् । प्रथम श्रेणीमा उत्र्तिण भइन् । शुरुमा त स्वाङ पारेकी भनेर कुरापनि काटे । तर उनको विद्यालय भर्नालाई काठमाडौंका प्रतिष्ठित संचारमाध्यमले समाचार बनाए । विद्यालयपनि चारैतिर चिनियो । अहिले उनको सिको गरेर विद्यालय जान थाल्नेको संख्या बढ्न थालेको छ । शान्तालाई पीएचडी गर्ने धोको छ । उनले भाइटीकामा पुज्ने दाइ भीष्म भुसालले पीएचडी गरेको र डाक्टर लेख्न थालेको प्रसंगले उनलाई कुत्कुती लगाएको छ ।

सेक्सका बारेमा शान्ता

उनी राम्री छिन् । धेरैको आंखा जुनसुकै हिशावले भएपनि उनमा परिहाल्छ । कामुक शान्तासंग हामीले यौनका बारेमा बुझ्न चाह्यौं । उनका ठूल्ठूला गाला अनायशै राता भए । खुलेर हासिन् । लजाउंदै जवाफ फर्काइनः दिनउमेरमा कामैकाम ....। जीबनमा उनले हेपाई धेरै खाइन् । त्यसैले उनलाई कसैले हेप्यो कि भन्ने प्रश्न मनमा खेलिरहन्छ । सभासद् भएर आइसकेपछि उनलाई केही पाका नेताहरुले तिमी भन्थे ।

उनले हेपिएको महशुश गरिन् । संसदीय दलको बैठकमा कुरा उठाइन् । केहीले पछि सरी भनेर आफुलाई सच्चाए । केही नेता अनावश्यकरुपमा नजिकन खोज्थे । रातविरात फोन गर्थे । उनले के काम थ्यो भनेर सोथ्थिन । उनीहरु त्यत्तिकै भन्थे । उनले त्यत्तिकै फोन नगर्नुहोला भनिदिन्थिन् । भेट हुंदा उनीहरुको शीर स्वतः निहुंरिन्थ्यो । महिलालाई सिध्याउने बलियो अश्त्रका रुपमा यौनसम्बन्धलाई प्रयोग गरिन्छ भन्ने गहिरो अनुभुति उनले कुराकानीका क्रममा सुनाइन्, ‘भएको केही हुंदैन तर फलानो नेताकी भनेर नाम जोडिइसक्छ’ । उनले राजनीतिमा लागेका हरेकजसो महिलालाई कुनै न कुनै हिशावले बद्नाम गर्ने प्रयास हुने गरेको बताउछिन् ।

महिला र पुरुषको सहकार्य समाज परिवर्तनका लागि अनिवार्य रहेको तर सहकार्य भन्दैमा यौन नै भन्ने बुझाइ गलत रहेको उनको भनाइ छ । महिलाको कुरा काट्ने र बद्नाम गर्ने कार्यमा महिला नै लागेको देख्दा उनलाई उदेग लाग्छ । आफु महिला विरोधी हुने तर दोष चाहीं पृत्तिसत्तालाई दिने प्रवृत्ति महिला नेतृहरुमा समेत रहेको उनले महशुश गरेकी छिन् ।

गुलाबी रंगको सारीको सप्को खेलाउंदै उनले निचोड सुनाइन् ः जीवनमा आफुलाई अघि बढाउन चाहिरहेका धेरै महिलाहरु यौनप्रसंगका कारण पछाडि हट्न बाध्य बनाइएका छन् । राजनितिमा त यो प्रवृत्ति यति हाबी छ की, महिला कुनै उच्च वा सम्मानित पदमा आशिन हुने बित्तिकै फलानो नेताकी भन्ने फुर्का जोडिन्छ । यो कसले सहन सक्छ ? नत कसैको बक्रदृष्टि सहिन्छ नत कसैको बक्रबांणी !