मनोरञ्जन

भिडियो

१२ लाखकाे घडी लगाउने 'रातामकै'काे सम्पति कति ? (भिडियोसहित)

शुक्रबार, २१ पुष २०७४ गते मा प्रकाशित

kiran-kc-interview-nepalaaja-001

काठमाडाैं । नेपाली कलाकारिता क्षेत्रमा विशेषगरी हाँस्य विधामा लामो समयदेखि क्रियाशील रहँदै आएका एक सफल हाँस्य कलाकार हुन् । विगतका वर्षदेखि कलाकारिता क्षेत्रको रक्षा गर्दै आएको केसी नेपालआजसँगको कुराकानीमा बताए । ललितपुर जिल्लाको इमाडोलमा २०१४ असार १५ गते दहि चिउरा खाने दिन झमझम पानी परेका दिन जन्मेका केसीले थुप्रै चलचित्रमा अभिनय गरेर एक सफल कलाकारको रुपमा आफुलाई परिचित बनाएका छन् ।

यतिबेला फिल्म ‘शत्रु गते’ मा निकै व्यस्त भएको बताउँदै दर्शकले ‘शत्रु गते’लाई हेरेर साथ दिनेसमेत उनले अनुरोध गरे । कुराकानीका क्रममा फिल्मले ३ पुस्ताको कथा वस्तु बोकेको बताउँदै यस फिल्मलाई हेर्नै पर्ने केही त्यस्ता कारणहरु पनि कोट्याएका छन् ।

आफू फिल्म क्षेत्रप्रति निकै सन्तुष्ट रहेको बताउँदै यो पेसाबाट बाहिर जान नचाहेको र यही पेसाले नै आपूmलाई नाम अनि दाम दिएको बताउँदै अझै पनि यस क्षेत्रमा लागि पर्ने र यही पेसामा जीवन सर्मपीत गर्ने केसीले बताएका छन् ।

उनले आफ्नो अभिनय यात्रा पाँच रुपैयाँबाट सुरु गरेको बताउँछन् । उनी भन्छन्, “जिन्दगीको यात्रा यहाँसम्म आउन् सजिलो थिएन, पहिलो पल्ट गीतमा अभिनय गर्दा ५ रुपैयाँ पाएको थिए । त्यो ५ रुपैयाँ आजसम्म जत्न गरेर राखेको छु ।”

कलाकारिताले अहिले हाँस्य कलाकारलाई सम्मान र दाम दुबै दिएको उनको बुझाइ छ । उनी थप्छन्, “पहिला जस्तो अहिले त्यति गाह्रो छैन । पहिला काम गर्दा नि दाम आउँदैन् थ्यो । तर, अहिले प्राय नेपाली हाँस्य कलाकारसँग गाडी छ, यो अवसथा कसैले तथास्तु भनेर आएको हैन । यस क्षेत्रमा २५ वर्षको संघर्ष लुकेको छ ।”

रातामकैलाई जब हामीले सेक्सका विषयमा हामीले सोध्यौँ, उनको जवाफ यस्तो आयो