राजनीति

भिडियो

प्रचण्डको मुखबाट त्यस्तो सुनेपछि लाजले भुतुक्कै भएँ (भिडियोसहित)

बुधबार, १९ पुष २०७४ गते मा प्रकाशित

asmita-bhandari-interview-nepalaaja-01

प्रचण्डले त्यस्तो के कुरा गरे होलान् जसका कारण अन्तराष्ट्रिय हिन्दू महासंघकी महासचिव लाजले भुतुक्कै हुनु परोस् । सायद तपाईको मनमा कौतुहता जागेकै होला । प्रचण्डले उनीसँग हासीमजाग गरेर उनी लज्जित भएकी होइनन् । उनकै शब्दमा प्रचण्डले हिन्दूधर्मसँग हासीमजाग गरिदिँदा उनी लज्जित भएकी हुन् । प्रधानमन्त्री भइसकेको व्यक्तिले देशको शान र पहिचान हिन्दू धर्मका बारेमा केही नबुझेको र बुझ्दै नबुझी सामन्ती धर्म भनेको सुन्नुपर्दा लज्जित भएको उनको भनाइ छ ।

उनी अर्थात अस्मिता भण्डारी । साहित्यकार, पत्रकारपछि अहिले उनको परिचय हो अन्तराष्ट्रिय हिन्दू महासंघकी महासचिव । नेपाल हिन्दूराष्ट्र कायम भएरै छाड्ने दाबी गर्ने भण्डारीले माओवादीले युद्धकालमा गौहत्या गरेको र गौहत्या गर्नुको कारण विस्तारै खुल्दै गएको बताइन् । डलरसँग हिन्दू निरपेक्षता साटिएको बताउने भण्डारीले धर्म मान्दैनौँ भन्नेहरुले नै क्रिश्चियन धर्मको मलजल गरिरहेको आरोप लगाइन् ।

प्रचण्डले हालै क्रिश्चियन धर्मावलम्बीहरुलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति विवादमा छ । उनले सो अभिव्यक्तिमा क्रिश्चियन धर्मलाई राम्रो भनेको र हिन्दुलाई सामान्ती भनेको भन्दै हिन्दु अभियन्ताहरु आक्रोशित छन् । प्रचण्डले जिजश क्राइस्टलाई क्रान्तिकारी र बिद्रोहीका रुपमा व्याख्या गरेका थिए ।

नेपाल आजसँगको कुराकानीमा भण्डारीले प्रचण्डदेखि कमल थापासम्मले हिन्दु धर्मलाई राजनीतिक खेलौना बनाएको बताइन् ।