प्रविधि

गुगल म्यापको भरपर्दा सिधै नदीमा

सोमबार, १५ माघ २०७४ गते मा प्रकाशित

Google Map

एजेन्सी । तीब्र विकास भइरहेको प्रविधिबिना मानिस एक पाइला पनि चल्न नसक्ने अवस्था आएको छ ।

मानिसहरु अहिले कतै जानुर्पयो भने कसैको सहयोग लिनु भन्दा मोबाइल फोन, जिपिएस या अन्य प्रविधिको सहयोग लिन्छन् ।

कहिलेकाहीँ तपाईँ हामीले विश्वास गरेको प्रविधिले नराम्ररी धोका दिन्छ । यस्तै धोका एक युवालाई प्रविधिले दिएको छ । आफू जाँदै गरेको स्थानबारे जानकारी नलिई मोबाइल जीपीएसको सहयोगमा यात्रा गरिरहेका एक युवा कारसहित एकै चोटी नदीमा खस्न पुगेका छन् ।

जीपीएसको सहयोगमा कारलाई अघि बढाउँदा ती युवा एकै झट्कामा नदीमा डुबुल्की लगाउन पुगेका हुन् ।

अमेरिकाको पूर्वोत्तरस्थित भरमोन्ट राज्यको पुलिसले दिएको जानकारी अनुसार गुगलले बनाएको वेज म्यापको भर पर्दा युवा सवार गाडी एकै चोटी नदीमा खसेको हो । यो घटना १२ जनवरीमा भएको हो । ड्राइभरले त्यसबेला जीपीएसको सहयोगमा हाँकिरहेका थिए । जीपीएसले उनलाई सीधा अघि बढ्न भन्यो, जीपीएसको निर्देशन अनुसार अगाडि बढ्दा, सीधै हिउँ जमेको नदीमा गएर कार बजारिएको थियो ।

पुलिस अधिकृतका अनुसार कारमा सवार व्यक्तिले मादक पदार्थ तथा लागू पदार्थ केही पनि सेवन गरेका थिएनन् । सडकमा बजारिएको कारको अगाडिको भाग डुबेको थियो भने पछाडिको भाग नदी बाहिर थियो

ती युवाका अनुसार यो घटना हुँदा त्यो स्थानमा तीब्ररुपमा पानी परिरहेको थियो भने धेरै अध्याँरो पनि थियो । कारका मालिक तारा ग्वेरटिनले भनेका छन्, म स्तब्ध छु, केही भन्नै सक्दिन । मैले दुर्घटनापछि कारमा सवार सबै मानिस ठीक छन् कि छैनन् भन्ने बुझेँ । तर सबै मानिस ठीक रहेको थाहा पाएपछि मलाई राहत भयो ।’

गूगलको वेव एपले सहीरुपमा बाटो देखाउन नसक्दा यो दुर्घटना भएको हो । यसैकारण गाडी सडकबाट सीधै नदीमा खस्न पुग्यो । यस घटनापछि गुगलका प्रवक्ता जुली मोस्लरले भनेकी छन्, ’वेव म्याप दैनिक लाखौँ पटक सम्पादन भएर नियमित अपडेट हुन्छ ।

यो एपसँग सबै किसिमको जानकारी हुन्छ ।’ मोस्लरले एपको मात्रै भर नपरी सदैव सडकमा पनि ध्यान दिएर कार चलाउन सुझाएकी छन् । मौसमको पनि जानकारी लिँदै सम्हालिएर सवारी चलाउन पनि उनले सुझाव दिएकी छन् ।