कला साहित्य

प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो: अरुन्धती राय

'लेख्न नसके जेल बस्नु राम्रो'

सोमबार, १५ माघ २०७४ गते मा प्रकाशित

arundhatiroy

अरुन्धती राय भारतकी मात्र नभएर दक्षिण एसियाकै सार्वाधिक चर्चित लेखिका तथा सामाजिक अभियन्ता हुन् । भारत प्रशासित कस्मिर तथा माओवादी प्रभावित क्षेत्रहरूमा सरकारी दमनको खुलेर विरोध गर्ने लेखिकाले लामो समयदेखि गरिब, आदिवासीको पक्षमा लेख्ने र बोल्नै गर्दै आएकी छन् । आफ्नो पहिलो उपन्यास ‘द गड इज स्मल थिङ्ग्स’ले बुकर पुरस्कार जितेको २० वर्षपछि ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ (The ministry of Utmost happiness) लेखिन्, जुन दक्षिण एसियामै अत्याधिक चर्चामा छ । ‘कबाडखाना डटकम’ मा प्रकाशित उनको यो अन्तरवार्ता नेपालका पत्रकार नरेश ज्ञवालीले अनुवाद गरेका हुन् ।

 

भारतीय समाजलाई तपाईं कुन दृष्टिकोणबाट हेर्नु हुन्छ र ?

कुनै पनि समाजबारे दुई वाक्यमा कुरा टुङ््ग्याउन सकिँदैन । एउटा लेखक समाजबारे कुरा गर्दागर्दै आफ्नो सम्पूर्ण जीवन बिताइदिन्छ । तर मलाई लाग्छ दक्षिण अफ्रिकामा जुन प्रकारको रङ्गभेद हुन्थ्यो भारतमा पनि त्यस्तै छ । त्यहाँ तपाई काला–गोराहरूको भेदलाई नाङ्गो आँखाले देख्न सक्नुहुन्थ्यो तर यहाँ त्यसरी नै खुट्टयाउन अलिक अप्ठ्यरो पर्छ । तर, यो पनि रङ्गभेदकै प्रकार हो ।

 

तपाईं कैयौं पटक समाजको सर्वहारा वर्गको पक्षमा उभिएको देखिनुहुन्छ, यसको पछाडि के कारणहरू रहे र ?

मेरो विचारमा दुई किसिमका मानिसहरू हुन्छन् । पहिलो, जसको शक्तिशाली मानिसहरूसँग नेचुरल एन्लाइटमेन्ट ९प्राकृतिक अन्तरघुलन० हुन्छ र दोस्रो प्रकारका मानिसहरू ती जोसँग केही पनि छैन । जनतासँग शक्ति त अथाहा छ । तर मुलुकमा जे हुँदैछ, त्यसलाई कसरी सही ठाउँमा ल्याउन सकिन्छ, त्यसको सही विधि बुझ्न सकिएको छैन । यदि कोही प्रधानमन्त्री नै बन्यो भने पनि त्यसले यी सबै कुरा सुधार्न सक्दैन । मलाई माथिबाट कुनै सुधार हुन्छ भन्ने लाग्दैन, सुधार तल्लो तहदेखि मात्र सम्भव छ ।

 

गान्धीवादी माहोलको प्रतिरोध अब काम लाग्दैन । यसलाई पूरै ओभर ल्याप गर्ने गरी एनजीओरआईएनजीओ आइसकेका छन् । तिनीहरूले मानिसलाई कि त फुटाइदिन्छन् कि किन्छन् । मलाई लाग्छ, यदि कुनै आमूल परिवर्तनकारी समाधान खोजिँदैन भने समग्र मुलुकमा अपराध बढेर जान्छ ।


अहिले मुलुकको विकास दर १० प्रतिशतको वरपर छ । सरकारी तथ्याङ्कमा २६ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि छन्, प्रत्येक वर्ष अर्बपति मानिसहरूको सङ्ख्या बढ्दै छ । सेन्सेक्सले सधैँ नयाँ रेकर्ड कायम गर्ने गरी उचाइमा छ, विदेशी पुँजीको प्रवाह पनि राम्रो रहेको छ । यो पूरै सञ्जाललाई तपाईंले कसरी हेर्नुभएको छ रु

 

यो जे हुँदैछ, त्यो ठीक होइन । यी कुराहरू तिनीहरूलाई राम्रो लाग्दैछ होला जो, निजी कम्पनीका सीईओ हुन्, जसको स्टक एक्सचेन्ज निकै बढी रहेको छ । यसलाई कसरी रोक्ने भन्ने प्रश्नको उत्तर खोजिनुपर्नेछ । मलाई लाग्छ गान्धीवादी माहोलको जुन प्रतिरोध हो, त्यो अब काम लाग्दैन । यसलाई पूरै ओभर ल्याप गर्ने गरी एनजीओरआईएनजीओ आइसकेका छन् । तिनीहरूले मानिसलाई कि त फुटाई दिन्छन् कि किन्छन् । यस्तो वातावरणलाई परिवर्तन गर्ने हल के हो रु समाधानको कुनै विधि छ कि छैन रु हामीलाई केही थाहा छैन । मलाई लाग्छ यदि कुनै आमूल परिवर्तनकारी समाधान खोजिँदैन भने समग्र मुलुकमा अपराध बढेर जान्छ ।

 

सरकारका नीतिहरू समाधानको सट्टा जनताको हितविपरीत कसरी जाँदै छ र?

आज तपाईं जेसुकै गर्नुस्, सरकार, प्रहरी र सेनाले दमन गरिहाल्छ । पहिले इस्लामिक आतङ्कवादको नाम लिइन्थ्यो । तर उनीहरूले इस्लामिक आतङ्कवादमा सबैलाई समेट्न सकिँदो रहेनछ भनेर बुझे । मुसलवान बाहेकका अन्यलाई कसरी थुन्ने त रु भन्दा अब जो मान्छे इस्लामिक आतङ्कवादको श्रेणीमा पर्दैन्, ती सबैलाई माओवादी आतङ्कवादी बनाइदिने गरिएको छ । त्यसकारण राज्यका लागि आतङ्कवादको दायरा बढ्दैछ ।

 

अहिले छत्तीसगढमा जे–जस्तो हुँदैछ, त्यस्तै कोलम्बिया जस्ता मुलुकमा पनि भएको थियो । त्यहाँ सरकार आफैले एउटा पिपुल मिलिसिया ९भारतमा सलमा जुडुम र नेपालमा माओवादी प्रतिकार समूह भने जस्तै० उभ्याइदियो र विद्रोहीहरूसँग तिनीहरूलाई भिडायो र गृहयुद्धको जस्तो अवस्था सृजना गर्यो । जब सबै मानिसहरू छद्म युद्ध हेर्दै थिए, त्यति नैबेला एउटा ठूलो कम्पनीले आदिवासीहरूको क्षेत्रमा गएर खनिज उत्खनन् गर्न थाल्यो । ठ्याक्कै त्यस्तै आज छत्तीसगढमा हुँदैछ । मानिसहरूलाई रणभुल्लमा पार्न यिनीहरू ९सरकार० निकै सिपालु छन् ।

 

हालैका दिनमा एउटा कुराको निकै चर्चा छ, सीईओलाई २५ करोड तलब दिइनु हुन्छ कि हुँदैन । यसमा के तर्क दिइएको छ भने यदि उनको तलब न्यून भयो भने बैङ्कको पुनर्संरचनाको प्रक्रिया बन्द हुन्छ । तपाईं आफै भन्नुस आज कुनै ठूलो कम्पनीको सीईओ पदमा कुन वर्गको मान्छे विराजमान छ ।

 

अमेरिकाप्रति मलाई कुनै चाख छैन । साँच्चै भनौँ भने मलाई लतारेर लगे पनि म फर्किएर आउँछु । यति यान्त्रिक जीवन बिताउन त के मैले सोच्नसमेत सक्दिन ।

 

पछिल्लो डेढ–दुई दशक यता हाम्रो मुलुकमा उपभोक्तावादी संस्कृति निकै हावी भएर जाँदैछ तपाईंको बुझाइमा समाजमा यसको कस्तो असर परिरहेको छ र ?

केही दिनअघि पत्रिकामा एउटा ठूलो विज्ञापन सपिङ रिवोल्युसन ९खरिद क्रान्ति०का सम्बन्धमा आएको थियो । मलाई लाग्छ भारतमा उदारीकरणको जुन नीति आएको छ, यसले मध्यम वर्गलाई विस्तार गरेको छ । आज हाम्रो मुलुकमा धनी–गरिबको बीचको खाडल बढ्दै गइरहेको छ । धनी झनै धनी हुँदैछन् भने गरिब झनै गरिब । उदाहरणका लागि एक सय जनालाई गाँस, बास, कपास, पानी र यातायातको सुविधा दिइन्छ, जब कि अधिकांश मानिसहरू यसबाट वञ्चित नै रहन्छन् ।

 

तर यदि तपाईं कुनै नयाँ आर्थिक नीति ल्याउनुहुन्छ, जसको माध्यमबाट २५ जनालाई असाध्यै धनी बानाउनुहुन्छ र बाँकी ७५ जना मानिसहरूबाट सबै कुरा खोस्नुहुन्छ भने यसको दीर्घकालिन प्रभाव सजिलै बुझन् सकिन्छ । हाल भारतीय बजारहरूको निर्माण नै यसरी गरिँदैछ कि अधिकांश मानिसहरूबाट खोसेर केही मानिसहरूलाई सुम्पिन सकियोस् । अब बुझ्नुपर्नेहुन्छ यिनीहरूले उपभोगको वस्तु कहाँबाट ल्याउँदै छन् ।

 

यदि तपार्इंले भारतको नाप–नक्सा हुर्नुभयो भने थाहा पाउनुहुन्छ । जहाँ जङ्गल छ त्यसको तल खनिज–सम्पदा छ । अब तपाईंसँग विकल्प छ । जङ्गल काटेर मास्ने हो भने, जहाँ धेरै पैसा पनि छ तर यसले ५० वर्षमा जम्मै मुलुक सुक्छ । हाम्रा मुलुकका प्रधानमन्त्री हुन् अथवा मोन्टेक सिंह अहलुवालिया अथवा पी चीतम्बरम यिनीहरूसँग कुनै उपयुक्त नीति छैन, मात्रै देखाउने तथ्याङ्क छन् । योभन्दा खतरानाक के हुन सक्छ रु तपाईंले बिना कुनै ऐतिहासिक साहित्य अवलोकन, सामाजिक दृष्टिकोणले हेर्नुको सट्टा तथ्याङ्कको भरमा अगाडि बढ्दै हुनुहुन्छ ।

 

एकातिर अमेरिकी नीति मानवताको खिलाफमा देखिन्छ तर अर्कातिर प्रत्येक मानिस अमेरिका जाने अवसर गुमाउन चाँहदैन, यस्तो किन र?

अमेरिकाकाप्रति मलाई कुनै चाख छैन । साँच्चै भनौँ भने मलाई लतारेर लगे पनि म फर्किएर आउँछु । यति यान्त्रिक जीवन बिताउन त के मैले सोच्नसमेत सक्दिन । तर यदि तपाईं कुनै गाउँको दलित हो भने तपाईंले त्यहाँ समानरूपमा पानी खान पाउनु हुन्न । कसैका अगाडि जान तपाईंलाई निषेधित गरिएको छ भने त्यति नै बेला तपाईंलाई अमेरिका जाने अवसर आए तपाईं किन नजाने रु तर पनि अमेरिका धेरै जसो नेताहरूका र उच्च पदस्त कर्मचारीहरूका केटाकेटीहरू नै जान्छन् । तर सत्य के हो भने यो खतरनाक प्रवृत्ति हो ।

 

कसरी खतरनाक ठान्नु हुन्छ र ?

यदि तपाईं १६ अथवा १८ वर्षको युवालाई अमेरिका पठाउनुहुन्छ भने उसको पूरै दिमाग या उसले सोच्ने शैली नै फेरिन्छ । त्यस्तो कुनै जेलमा होइन, विश्वविद्यालयहरूमा हुन्छ । त्यहाँ उनीहरूको ‘ब्रेन वास’ गरिन्छ । यो अमेरिकी नीति नै हो । पहिला युवाहरूलाई आफ्नोमा प्रशिक्षण दिने र पछि उनीहरूको प्रयोग आफ्नो हितमा गर्ने ।

 

जस्तो सन् १९७३ मा आईएमएको खिलाफ चिलीमा जुन ‘कू’ भयो । यसभन्दा अघि अमेरिकाले त्यहाँका युवाहरूलाई सिकागो स्कुल अफ इकोनोमिक्समा भर्ना गर्यो । छात्रवृत्ति दिएर यिनीहरूको दिमागमा ‘न्यु कन्जर्भेटिब फ्री मार्केट आइडियोलोजी’ भर्योे । अनि के थियो त्यसपछि अमेरिकीहरूले चिलीको जसरी दोहन गरे, त्यो सबैलाई थाहा छ । भारतमा पनि मुख्यतः कुलीन वर्गका बालबच्चा अमेरिका जान्छन् । जसका बाउ–हजुरबाउ यहाँ मन्त्री, ब्युरोक्रेट अथाव ठूला बिज्नेसम्यान छन् । यसरी नै यो पूरै चक्र घुमिरहेको छ ।

 

पहिले इस्लामिक आतङ्कवादको नाम लिइन्थ्यो । पछि उनीहरूले इस्लामिक आतङ्कवादमा सबैलाई समेट्न सकिँदो रहेनछ भनेर बुझे । मुसलमान बाहेकका अन्यलाई कसरी थुन्ने त रु भन्दा अब जो मान्छे इस्लामिक आतङ्कवादको श्रेणीमा पर्दैन, ती सबैलाई माओवादी आतङ्कवादी बनाइदिने गरिएको छ ।

 

भारतीय लेखनको वर्तमान समयलाई तपाईंले कसरी हेर्नुभएको छ र ?

भारतीय लेखन भनेको के हो रु मैले यसलाई मान्दिन । के जसले अङ्गे्रजीमा लेख्छन् तिनी अलग हुन् रु हिन्दी अथवा भोजपुरीमा लेख्नेहरूमा यस्तो छैन । अङ्ग्रेजीका भारतीय लेखकहरू कथालाई घुमाई फिराई गरेर पाठकलाई सन्देहमा पार्ने गर्छन् ।

 

भारतीय ‘भाषाई’ लेखनको भविष्य कस्तो देख्नु हुन्छ र ?

भारतीय ‘भाषाई’ लेखनको भविष्य क्षेत्रमा निर्भर गर्छ । तर मलाई लाग्छ भाषाई लेखनको वातावरण पूरै फेरिँदै छ । कुलीन वर्ग समाजदेखि पूरै अलग्गिएको छ । नम्र वर्ग उसको नजिक पुग्नै सक्दैन । यस्तोमा दुवैको बीच संवादहीनताको स्थिति छ । दुवैसँग कुनै भाषा नै बाँकी छैन र जब तपाईंलाई लेख्नुपर्नेहुन्छ तब दुवैलाई बुझ्नु पर्नेहुन्छ । यस्तो परिस्थितिका बीच तपाईंले भाषाई लेखनको भविष्य कसरी देख्न सक्नु हुन्छ ।

 

कस्तो लाग्छ भने, कुलीन वर्गका केटाकेटी समाजसँग पूरै काटिएका छन् । यसको के कारण हुन सक्ला र ?

तपाईंले ठीक भन्नुभयो, आजका कुलीन वर्गका केटाकेटी पूरै समाजसँग काटिएका छन् । केही दिनअघि यसै वर्गकी एउटी केटीले मसँग भनी– अरुन्धती तिम्रो किताब ‘द अल्जेब्रा अफ इन्फिनिट जस्टिस’ मैले भाइलाई पढ्न दिएको त उसले बडो अचम्म गरी आदिवासीहरूको विषयमा भन्यो, ‘भारतमा यस्ता खाले प्राणी बस्छन् र रु’

 

भन्नुको अर्थ यो होइन कि ती केटाकेटी खराब हुन् अथवा मनदेखि नै बैमान छन् । तर समाजदेखि काटिएका छन् । मलाई लाग्छ आज त्यस्तो खालको संसारको निर्माण गरिँदैछ । जहाँ गाडी, पत्रिका, क्याम्पस, अस्पताल, शिक्षा आदि सबै यस्ता वर्गका लागि भिन्दै छ । त्यसैले कुलीन वर्ग आज खोस्नेहरू मात्र भएका छन् । तपाईंले यिनीसँग कुनै किसिमको आशा गर्न सक्नु हुन्न ।

 

तपार्इं अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा गएर त्यहाँका सरकारका नीतिविरुद्धमा लेखिराख्नु हुन्छ, यस्तो लेख्ने साहस तपाईंले कसरी देखाउन सक्नु भएको र ?

जब ९र११ को घटना भयो, त्यसबेलादेखि मैले यस घटनामा धेरै नै सोच–विचार गरेँ । त्यसपछि मैले निर्णय गरेँ, यदि म लेखका हुँ भने मैले यसमा लेख्नुपर्छ । यदि लेख्न सकिन भने जेलमा बस्नु मेरा लागि धेरै राम्रो हो । यो निर्णय मैले फ्याटै गरेँ र लेखेँ । तर भारतमा धेरै नै लोलो–पोतो दल्ने मान्छे छन् । यहाँ जर्ज डब्ल्यु बुसका खिलाफ लेख्ने मान्छे सारै थोरै छन् ।

 

जब कि अमेरिकाविरुद्ध बोल्ने धेरै भेटिन्छन् । भियतनामको युद्धका विरुद्ध अमेरिकामा जति विरोध भयो, त्यो एउटा मिसाल हो । सैनिकहरूले आफ्नो मेडल फर्काइदिए । के भारतमा यस्तो सम्भव छ रु कस्मिरको मुद्दामा सेनाले केही पनि बोलेन । यो स्थिति आउनुभनेको दुःखद हो ।

 

न्यायपालिकालाई लिएर तपाईंको भनाइ निकै चर्चामा रह्यो । मुलुकमा न्यायिक सक्रियताको बाबजुद न्यायिक ढाँचा जर्जर छ भन्ने तपाईंलाई लाग्छ र ?

मलाई लाग्छ प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो । किनकि यसले आफूलाई जिम्मेवारीबाट मुक्त राखेको छ । ‘कन्टेम्ट अफ कोर्ट’ ९अदालतको मानहानी० ले सबैलाई तर्साइदिएको छ । तपाईं यसका खिलाफ केही पनि गर्न सक्नुहुन्न । प्रेसले पनि केही गर्न सक्दैन । तपाईंले आदेशहरू हेर्नुभयो भने थाहा पाउनुहुन्छ, अदालतले कति गैरजिम्मेवार ढङ्गले निर्णय गर्छ । प्रजातन्त्रमा न्यायपालिका यति शक्तिशाली हुनु ठीक होइन ।

 

जल, जङ्गल र जमिनको मुद्दामा तपाईं निकै काम गर्नु हुनुहुन्छ, जसरी जङ्गल बहुराष्ट्रिय कम्पनीहरूलाई दिइँदै छ र आदिवासीलाई उनीहरूको अधिकारदेखि वञ्चित गरिँदैछ । यसको भविष्य तपाईंले कुन रूपमा देख्नु हुन्छ र ?

एउटा किताब छ ‘कोलैप्स’ । यसमा एउटा इस्टर आइल्यान्डका बारे लेखिएको छ । जुन प्रशान्त महासागरमा छ । त्यहाँका ठूला–ठूला रुखहरू त्यहाँ रहने मानिसले आफ्नो परम्पराका रूपमा काट्ने गर्दथे । जब कि उनलाई थाहा थियो सामुद्री आँधीबाट त्यही रुखले उनीहरूलाई जोगाउथ्यो । तरपनि उनीहरूले एउटा–एउटा गरेर रुखहरू काटे र अन्ततः समुद्री आँधीले त्यो आइल्यान्ड नै नष्ट भयो ।

 

झण्डै–झण्डै भारतमा पनि त्यही स्थिति देखिँदैछ । सरकार छोटो समयको फाइदाका लागि बहुराष्ट्रिय कम्पनीलाई खनन्को अनुमति दिँदैछ र यी कम्पनीहरूले अन्धाधुन्ध प्राकृतिक संसाधनको दोहन गरिरहेका छन् । जसको प्रभाव हामीले केही वर्षपछि देख्नेछौँ । मानव र जानवरमा यही भिन्नता हुन्छ । जनावर भविष्य देख्दैनन् र मानव भविष्य देख्न र त्यसबारे सोच्न सक्दछन् । तर यहाँ समस्या के हो भने सरकार लामो भविष्यको चिन्ता नगरेर छोटो भविष्यमा रमाइरहेको छ ।

 

मलाई लाग्छ प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो । किनकि यसले आफूलाई जिम्मेवारीबाट मुक्त राखेको छ । ‘कन्टेम्ट अफ कोर्ट’ ९अदालतको मानहानी० ले सबैलाई तस्र्याइदिएको छ । प्रजातन्त्रमा न्यायपालिका यति शक्तिशाली हुनु ठीक होइन ।


आज बहुराष्ट्रिय कम्पनीहरूले खनन गरे बापत यिनीहरूलाई मोटो रकम दिइरहेका छन् । यो कुरा सत्य हो । तर आजभन्दा पचास वर्षपछिको भविष्य के हुने रु एउटा वेदान्त नामको कम्पनी ओडिसामा बक्साइट निकाली रहेको छ । जबकि त्यसले त्यसो गरेबापत त्यहाँ विकासको कुरा पनि गरिरहेको हुन्छ । तर जहाँ बक्साइटको भन्डार छ, त्यहीँबाट ओडीसावासीलाई पानी उपलब्ध हुने गरेको छ । अब तपार्इं आफै भन्नुस्, त्यसलाई सिध्याउँदै गर्दा त्यहाँ पानीको कमी हुन्छ कि हुँदैन रु त्यसैले सरकारले छोटो समयको फाइदाका लागि लामो समयको नोक्सान हुने नीतिमा लिइरहेको छ ।

 

हतियार र बमको बलमा दुनियामा दादागिरी देखाउने राष्ट्रहरूको खिलाफ विश्व जनमत किन तयार हुन सकिरहेको छैन ?

पुँजीवादी समयमा सबै आआफ्नो फाइदामा लागेका छन् । कसैको विरुद्ध उभिँदा फाइदा हुँदैन भन्ने सोच सबै राष्ट्रमा ब्याप्त छ । तर यो त ‘सर्ट टर्म भिजन’ हो । वास्तवमा यसको फाइदा केही शक्तिशाली राष्ट्रहरूले उठाइरहेका छन् ।

 

हालै अमेरिका र भारतका बीच भएको परमाणु सम्झौतालाई यहाँले कसरी हेर्नु भएको छ ?

भारत र अमेरिका बीच भएको परमाणु सम्झौतालाई हेर्दा लाग्छ, हाम्रा नेताहरूले अदूरदर्शिता नै देखाए । उनलाई के थाहा छैन भने जो–जसले अमेरिकासँग सम्झौता गरे पछि उनीहरूको हालत के भयो । अमेरिकाले अब एउटा यस्तो नीति बनाउँछ जसले भारतको पूरै अर्थव्यवस्थालाई नै नियन्त्रण गर्न सकोस् । फेरि भन्छन् एनराँनको सम्झौतामा हस्ताक्षर गर, नभए यो दिदैँनौ त्यो दिदैनौँ । एवम रीतले अमेरिका भारतमा हावी हुन्छ ।

 

आतङ्कवाद हिजोभन्दा आज धेरै डरलाग्दो मुद्दा बनिसकेको छ । यस चुनौतीसँग सामना गर्न दुनियामा जेसुकै पहल हुँदैछन् । त्यसमा मुलुकहरूको आपसी गुटबन्दी नै धेरै देखिन्छ । आतङ्कवादको चुनौतीसँग सामना गर्ने कारगर तरिका के हुन सक्छ र ?

तपाईंले यसलाई जति रोक्ने प्रयास गर्नुहुन्छ, त्यति बढ्दै जान्छ । इस्लामिक मुलुकहरूको सबै तेलमा नियन्त्रण गरिँदैछ । हरेक वस्तुलाई निजीकरण गरिँदैछ । यदि तपार्इंले कसैको संसाधनमाथि कब्जा गर्नुहुन्छ भने त्यसका खिलाफ विद्रोह त हुन्छ नै । यससँग सामना गर्न सरकारहरूले आफ्नो नीतिमा आत्मचिन्तन गर्ने आवश्यकता छ । भारतकै स्थिति हेर्ने हो भने छत्तीसगढमा ६ सय गाउँका मानिसलाई हटाएर एउटा सैन्य क्याम्प खडा गरिएको छ ।

 

हजारौँ मानिसलाई घरबारविहीन बनाउने उद्देश्य के हो रु असली आतङ्कवादी उनीहरू हुन्, जसले नन्दीग्रामबाट मानिसलाई भगाउँदै छन् । कलिङ नगरमा गोली चलाइरहेका छन् । जहाँसम्म विश्वस्तरमा आतङ्कवादको समस्यासँग जुध्ने कुरा छ । मलाई लाग्छ यसका लागि कुनै गम्भीर प्रयासहरू भइराखेकै छैनन् । सबैल आआफ्नो लाभको प्रकृति हेरिकन आतङ्कवादको खिलाफ कारवाही गर्ने हुन् ।

 

तपाईंका विचारमा वामपन्थी प्रभाव धेरै झल्किन्छ । यसको कारण के हो र ?

मेरो वामपन्थ पार्टीको वामपन्थ होइन । सोच विचार गर्ने जुनसुकै मानिसमा वामपन्थको प्रभाव देखिन्छ । यो कुरा गर्न मलाई कुनै पनि सन्देह छैन । सरकारका नीतिका बारेमा कहिलेकाहीँ सोच्दा मलाई लाग्छ, म त पागलखाना जान्छु होला ।

 

तपाईं गान्धीसँग कुन रूपमा प्रभावित हुनुहुन्छ ?

केही कुराहरूमा गान्धीसँग सारै प्रभावित छु । तर गान्धीको जातिका सन्बन्धमा जुन विचार थिए, त्यसमा म असहमत छु । मलाई गान्धीका आर्थिक विचार धेरै प्रासङ्गिक लागे । तर सरकारले उनको विचारलाई चटक बनाइदिएको छ । यो त गान्धीको विचारलाई उडाउनु जस्तै हो । राजनीतिज्ञले यतिबेला गान्धीको नामको प्रयोग आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न गर्छन् । जहाँ फाइदा हुन्छ, त्यहाँ गान्धीको नामको दुरूपयोग गर्नपछि पर्दैनन् ।

 

तपाईं आफ्नो लेखन र रचनात्मक आन्दोलनमा हिस्सेदारीलाई लिएर आगामी वर्षमा के प्रतिबद्धता गर्नुहुन्छ ?

म कसैलाई अगाडिको बाटो देखाउँछु, यस्तो वचन म दिन सक्दिनँ । म नियम बनाएर कुनै काम गर्दिनँ । समयअनुसार निर्णय लिने गर्छु ।