कला साहित्य

भिडियो

शान्तिलाई किन ‘मौसमी’ भनिन्थ्यो ? (भिडियोसहित)

साहित्यकार शान्ति लिम्बूसँगको रोचक कुराकानी

शुक्रबार, १२ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

शान्तिलाई किन ‘मौसमी’ भनिन्थ्यो ? (भिडियोसहित)

काठमाडौं । झापाको माहाभारामा जन्मिएकी शान्ति लिम्बू सानैदेखि नृत्य, लेखन र सांस्कृतिक कार्यक्रममा सक्रिय हुन्थिन् । हाल लण्डन बस्दैआएकी शान्तिको नयाँ उपन्यास बजारमा छ, ‘मिलिजुली’ ।

 

सानैदेखि साहित्य अध्ययन र लेखनमा रुची राख्ने लिम्बूको उक्त पुस्तक पहिलो हो । नेपालआजसँगको कुराकानीमा उनले अब अर्को उपन्यासको तयारी गरिरहेको पनि बताएकी छन् ।

 

एक वर्षअघि आएको उक्त उपन्यासलाई अनलाईनबाट पनि चाँडै पढ्न सकिनेछ । पाठकको सुझाव अनुसार नै अर्को उपन्यासको तयारी गरेको उनले बताइन् ।

 

उनको ‘मिलिजुली’ एकल महिलाको संघर्ष र कथामा केन्द्रित छ । ४ वर्ष लगाएर लेखिएको यस उपन्यासमा प्रेम प्रसंग पनि समेटिएको छ ।

 

सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी शान्ति विदेशमै बसेर केही गीत पनि लेखेकी छन् । ‘मैले पाईला मोड्दा तिमी खुसी हुन्छौ भने’ बोलको गीत हालै बजारमा आएको छ ।