मेरो परिवार मेरो कथा

समाज

"बेचिएको २३ दिनपछि बम्बैको कोठीबाट यसरी उम्किएँ म"

बम्बैको वेश्यालयमा ती कठिन २३ दिन: नेत्री गौरा प्रसाईँको संघर्षगाथा

बुधबार, १० माघ २०७४ गते मा प्रकाशित

gpras

झापा आन्दोलनकी नेतृ गौरा प्रसाईंले राजनीतिक जीवनकै क्रममा १६ वर्षे उमेरमै बम्बैको वेश्यालयमा बिताइन् । राजनीतिक चातुर्य र छापामार शैलीबाट उनी त्यस नरकबाट त उम्किन् तर यस्ता घटना सुनाउदा उनकै नेताहरूसम्मले पत्याएनन् । सिपीको नक्खु जेल ब्रेक नेपालको राजनीतिक इतिहासमा चर्चित छ तर उनकै कार्यकर्ता रहेकी गौराको बम्बै कोठी ब्रेक कम सनसनीपूर्ण छैन, सौर्य दैनिकले प्रकाशन गरेको यो सामाग्री फेरि उपयुक्त ठानेर हामीले साभार गरेका छौँ । प्रस्तुत छ, उनको वेश्यालय जीवनको रोमाञ्चक कथा ।

 

गौरा प्रसाईं एमाले नेतृ भएर मात्र होइन । आफ्नो राजनीतिक जीवनमा महिला भएकै कारणले सामना गर्नुपरेका चुनौती र त्यतिबेलाका घटना सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ उनलाई । खास गरी आफू बेचिएर बम्बैको वेश्यालयमा बिताएका दिन सम्भँmदा उनी अत्यधिक भावुक बन्छिन् ।

 

त्यतिबेला झापा क्रान्तिको भूमि भनेर चिनिन्थ्यो । झापाकै गौरा तेह्र वर्षकै उमेरमा राजनीतिमा होमिइन् र तत्कालीन अवस्थाको मागअनुरूप भूमिगत भइन् । भूमिगत अवस्थामै उनी साह्रै बिरामी परिन् । पार्टीले घर पठायो । वास्तवमा उनलाई राजनीतिमा लागे सबै कुरा पूरा हुन्छ भन्ने लागेको थियो । झापामा प्रहरी दमन ज्यादा थियो । क्रान्तिकारी गौरा प्रहरीको वारेन्ट सूचीमा नहुने कुरै भएन । प्रहरीले उनलाई भेटेको भए सुट गर्ने सम्भावना थियो ।

 

सामान्य परीवारमा जन्मिएकी गौरा अब भने जीवनरक्षाका लागि भारतको आसाम पुगिन् । उनी त्यहाँ पनि रम्न सकिनन् । उनका दाजुले भनेका थिए, ‘भूमिगत भएर काम गरेको मान्छे, यसरी किन हिँडेको रु बरु त्यहीँ गोली खाएर मर्नू नि †’ दुई वर्षपछि उनलाई लाग्यो, आफ्नै देश फर्केर केही गर्नु पर्छ । उनी नेपाल फर्किन् तर ती दुई वर्षमा मेचीमा धरै पानी बगिसकेको थियो । परिस्थिति बदलिएको थियो । उनले पार्टीको सम्पर्क खोजिन्, तर मिलेन । र, फेरी आसामतिरै फर्कने क्रममा उनी सिलगुडीमा दलालको फन्दामा परिन् । दलालले सिधै लगेर बम्बैको वेश्यालयमा बेचिदियो ।

 

यसरी कोठीमा आइपुग्नुपर्ला भन्ने कुनै पनि किशोरीले ठान्ने कुरै भएन, उनले पनि त्यस्तो कल्पना गरेकी थिइनन् । उनलाई आफु बेचियूँला भन्ने त झनै लागेको थिएन । तर, त्यस्तै क्षण व्यहोरनु पर्‍यो । गौराको उमेर मात्र सोह्र वर्षको थियो । जनतालाई दमनउत्पीडनबाट मुक्ति दिलाउँला भनेर लागेकी एउटी क्रान्तिकारी चेली अन्ततस् वेश्यालयमा बेचिईन् ।


जीवनको मोडमा धेरै त होइन, गौराले तेइस दिन वेश्यालयमा बिताइन्, जुन उनको मानसपटलमा कुमालेको चक्रजस्तै फनफनी घुमिरहेको छ । कथा यस्तो छ:

 

रातको समय थियो । सिलिगुडीको रेलवे स्टेसनमा सबै आआफ्नै धुनमा थिए । थकाइ, भोक, र निद्राले लखतरान भएकी गौराको आँखा यसो लोलाएको के थियो एक हुल तिघ्रे आएर चलाउन खोजे । उनी चिच्याउन मात्र के थालेकी थिइन् एकजनाले मुखमा रुमालले थुनिदियो । ‘नाकमा ह्वास्स केको गन्ध आएजस्तो हँुदै थियो, मेरा आँखा अधेरा हुँदै गए,’ गौरा भन्छिन्, ‘अर्को दिनको बाह्र बजे मेरो आँखामा उज्यालोको किरण फैलँदै गर्दा थाहा पाएँ, म त बेचिइसकेकी रहेछु ।’

 

‘जिउ भारी र शिथिल थियो, टाउको उठाउन नसक्ने गरी दुखेको थियो । त्यहीँ बेचिएकी अर्की एक युवतीबाट म कहाँ छु भन्ने थाहा भयो । अनि मेरो अगाडिका सबै चिज रोटेपिङ जस्तै घुमे, धर्ती भासिएजस्तै भयो । ओहो, जीवन त सकिएछ भन्ने लाग्यो,’ आफू बेचिएको शब्द कानमा पर्नासाथको गौराको अनुभूति ।

 

राजनीतिक चेतनाका कारण केही बुझेकाले उनलाई आफू सम्हालिन सजिलो भयो । सोचिन्, नबेचिनु बेचिएँ अब कि जीवनलाई समाप्त पार्नु पर्छ कि त यहाँबाट उम्कने बाटो खोज्नुपर्छ । गौराले स्मरण गरिन्, ‘पहिलो रात नै बाई म भएको ठाउँमा आई । आहा कत्ति राम्री, कति सुन्दर भनेर मलाई फुल्याउन थालेपछि मैले पनि भनँे, अहिले म बिरामी छु, केही दिन आराम गर्न दिनुभयो भने तपार्इंलाई मालामाल बनाइदिन्छु । उसले मेरो कुरामा विश्वास गरी र हुन्छ आराम गर भनी । आफूलाई सहज बनाउन त्यो समयमा म नुहाउने र एक्सरसाइज गर्थें । कसरी बाहिर निस्कन सकिन्छ भनेर कोठाको अवस्था पनि हेर्थें । त्यहाँ रहेका पाले, भान्से, कुकुर सबैका बारेमा जानकारी लिएँ मैले ।’

 

बेचिएको चौथो दिन बाईले गौरालाई दिन भनिछ, ‘अब मन्दिरमा पुजारीहरू आउँछन्, तिनलाई चित्त बुझाउने काम तिम्रै हो ।’ गौरा भन्छिन्– मलाई लाग्यो आजको रातदेखि मैले बलि चढ्नु पर्ने भयो, त्यो रात कोठीमा रहेका अरू महिलाले जस्तै भोगाइ मैले पनि भोगेँ, मेरो अस्मिता लुटियो । ममा झन ज्वालामुखि फुटेजस्तो भयो के गर्ने भनेर । सम्भँmदा अहिले पनि अचम्म लाग्छ, खै के गरी हो भन्न सक्तिनँ, मैले आफ्नो जिब्रो टोकेर मुखभरि रगत राखँे । बिहान बाई उठाउन आई । उसका अगाडि मुखको रगत थुकिदिएँ । उसले के भयो भनेर सोधी । ‘म बिरामी छु भनेर मैले भनेको होइन रु’ मैले यति भनेपछि उसले विश्वास गरी । आराम गर भनेर औषधि पठाई, मैले त्यो औषधि खाइनँ । फेरि केही दिन म ग्राहकबाट लुटिनबाट जोगिएँ ।

 

कोठीमा बस्दा गौराले दुई जनालाई सधैँ सम्झिरहिन्– आफ्ना राजनीतिक गुरु सहिद नेत्र घिमिरे र आफ्ना बुबा लक्ष्मीनारायण प्रसाईंलाई । बुबाले सधैं भन्नुहुन्थ्यो, अप्ठ्यारो पर्दा अधीर भएर शक्तिलाई क्षय नगर्नू, सधंै दृढ भएर काली दुर्गाको नाम जपेर अगाडि बढ्नू है छोरी † हुन पनि उनले निर्धक्क भएर मरे मराँैला, बाँचे जीवनलाई नयाँ ढंगले चलाउँला भनेर परिस्थितिको सामना गरिरहिन् । कोठीमा रहँदा नेत्रले राजनीति सिकाउँदा सम्झाएको आँट र हिम्मतलाई उनले उपयोग गरिन् ।

 

गौराले कोठीमा अरूले जस्तो शरीर सुम्पेर बसिनन् बरु बाईलाई खुशी पार्न अरू काम गरिन् । यसमध्ये थियो, अन्य युवतीलाई नाँच सिकाउने र गीत गाउने काम पनि । यसले गर्दा बाई उनीसँग धैरै खुसी थिइन् र भविष्यमा उनीबाट लाभ लिनसक्ने आशमा पनि थिइन् ।

 

गौराले कति ग्राहकलाई त दाजुभाइ भनेर सम्झाई बुझाई पठाउँथिन् । तर सबै उनको भनाइ कहाँ मान्थे र रु भन्छिन्, ‘के कुरा गर्नु कोही त राक्षसै हुने, मान्छे नै होइनन्जस्ता । अहिले पनि मनमा असीम घृणा छन् ।’

 

गौराले कोठीमा ग्राहक मात्र होइन, एउटा देउता पनि भेटिन् । ‘म बेचिएको बाह्रौं दिनमा एउटा ग्राहक आयो, मैले ओडेको च्यादर अलि मिलाई दियो, मैले भनेँ– ‘तपार्इं पनि मलाई लुट्नै आएको त होला नी,’ तर उसले आँखाबाट आँसु झार्‍यो । मैले यो मान्छे राम्रो छजस्तो लागेर भनेँ– ‘दाइ मलाई याहाँबाट निकाल्नू ।’ उसले भन्यो– ‘म कसैको इज्जत लुट्न आएको होइन, म बदला लिन आएको हुँ । मेरी बहिनी पनि यही कोठीमा मरी । उसले कसैले चेक गर्न आउँदा तिमीलाई हातपात गरेजस्तो गर्छु, तिमीले प्रतिकार गर्नु भनेर सम्झायो । उसैको सहयोगमा मैले त्यहाँबाट निस्कने योजना बनाएँ ।’

 

गौरालाई आजको दिन दिने ती दाजु भारतीय सेनाका जवान जोसन बिकलाई फेरि त भेटिनन् तर उनलाई सधैं याद आइरहन्छ उसको । बिकले गौरालाई भनेका थिए– ‘निस्कन सक्यौ भने त भइहाल्यो, सकिनौ र उनीहरूले फेला पारे भने यहाँ मारिन पनि सक्छ्यौ ।’ गौराले सके निस्कने नसके मर्ने कुराको निधो गरेर अगाडि बढिन् । जोसन गौराका नियमित ग्राहक बनेपछि गौरा लुटिनबाट बचिन् । उनी आउने अनि गफ गरेर जान लागे । सबै दुस्खसुख आदानप्रदान हुन थाल्यो ।

 

गौरा मात्र होइन, त्यहाँ उनीजस्ता धैरै महिला थिए । चलाख भएर उनले अरूले जति पीडा त व्यहोर्नु परेन तर सबैको पीडा नजिकबाट भने हेरिन् । सानासाना बालबालिकामाथि भएको जबर्जस्ती, चिरैचिरा भएका छाती, जिउँभरि नग्राको दाग, भुत्ल्याइएका कपाल, उनीहरूको चिच्चाहट, ग्राहकले लुछेको, टोकेको, बाईले चुरोटले पोलेका घाउ सबै उनले नजिकबाट हेरिन् ।

 

गौराका मनमा भने भाग्ने बाटो खोज्नु थियो । आवश्यक सामानको जोहो गरिन् उनले । मान्नेजतिलाई सम्झाएर आफ्नो बनाइन् । कतिलाई तिनै जोसन दाजुले दिएको पैसाले पनि किनिन् । सबै वातावरण अनुकूल भएपछि उनी त्यहाँबाट भाग्न सफल भइन् । कोठीबाट भाग्ने बेलाको मुख्य तगारो थियो पाले । छेक्न खोज्ने पालेलाई फिल्मी छापामार शैलीमा भनिन्– ‘हेर भाइ, म त नक्सली हुँ, तेरो परिवार एकएकलाई चिन्छु, तैंले छेक्न खोजिस् भने म ती सबैलाई सिध्याइदिन्छु ।’

 

ऊ डरायो । गेट खोल्यो । त्यसै गेटबाट गौरा नर्क छाडेर उम्किइन् । र, अब नेपालमा उनको संघर्षको अर्को चरण सुरु भयो । राष्ट्रियसभा सदस्यका रूपमा भारत जाँदा उनलाई आफूले नारकीय जीवन बिताएको ठाउँतिर फर्केर हेर्न पनि मन लागेन । ‘गर्न केही सकिने होइन, खाटा बसेको घाउ कोट्याउनु मात्र त हो भन्ने लाग्यो’, गौरा भन्छिन् । तर उनले आफू बेचिएको रहस्य धेरैलाई सुनाइनन् । नेपालमा राजनीति गरेबापता जेलमा भोगेका यातनाबारे सुनाउँदा उनकै नेता सिपी मैनालीले त पत्याएनन् भने त्यो कुरा अरूले कसरी पत्याउलान् भन्ने लाग्यो उनलाई ।