कला साहित्य

मन गहिरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया कार्यक्रम सम्पन

आइतबार, ०७ माघ २०७४ गते मा प्रकाशित

sahitya


काठमाडौं । शताव्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेन, पाल्पाकीे कथाकार मन गहिरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।

शनिबार पद्यमकन्या क्याम्पसमा शताव्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलको सभापतित्वमा सुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कथाकार माया ठकुरीले समाजमा महिला लेखकलाइ सकारात्मक रूपमा बुझ्ने अवस्था अझै आइनसकेकोले आफैं अग्रसर हुनु पर्ने र आफ्ना भाबना लेख्दै जानु पर्छ भनेर हौस्याएकी थिइन ।

बिभिन्न प्रेरणादायी उदाहरणले कार्यक्रममा रौनकता थपेकी थिइन । विशेष अतिथीहरूमा कथाकार भागिरथी श्रेष्टले निरन्तरता दिएमा अवस्य सफल भइन्छ भन्ने बताए । त्यस्तै कथाकार रामप्रसाद पन्तले समाजको एेना कथामा उतार्न सजिलो छैन तर प्रयास गर्नु पर्नेमा जोड दिए । सिसार सह आयोजक रहेको उक्त कार्यक्रमको सिसारका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीले कार्यक्रमको बारेमा र मनका कथाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमा डा बमबहादुर जिताली, डा. सावित्री कक्षापति, साहित्यकार ललिता दोषी , अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेस्याम लेकाली,पाल्पाका सर्जक राजेश्वर उदय ,बरिष्ठ साहित्यकार गंगा पौडेल, साहित्यकारहरू पुस्कर लोहनी , सरू सुवेदी, रन्जना निरौला, कवि तारा केसी, उमेस पाण्डे,चन्द्रा न्यौपाने ,रस्मी रिमाल,भिस्म फुलारा मुरारी सिग्देल , फुलारा,गीतकार रविन्द्र आशिस सैली, साहित्यकार कल्पना कल्प पुन्ज आदि ७० भन्दा बढी सर्जकहरूको उपस्थिती रहेको थियो ।

मनका कथाहरू २०७० सालमा प्रकाशित भएको पहिलो कृति हो । २०७३ मा कबिता संग्रह पनि प्रकाशन गरेकी छन् । उनका अन्य कृति पनि प्रकाशनको तयारीमा छन् ।

कथाकार मन गहिरे हाल शिक्षण र पत्रकारिता पेसामा संलग्न छन् । उनी एक ससक्त रूपमा अघि बढेकी र बिभिन्न संस्थाहरूमा पनि संलग्न छन् । एक अगुवा महिला अधिकार कर्मीको रूपमा पाल्पा जिल्लामा परिचित छन् ।

पाल्पा टाइम्स साप्ताहिकको कार्यकारी निर्देशक,अनेसास पाल्पा समितिको अध्यक्ष ,महिला जागरण तथा कल्याण केन्द्र पाल्पाको अध्यक्ष, महिला मानव अधिकार रक्षक संजाल,पाल्पाको सचिव, विध्व नेपाली नारी साहित्य लुम्वीनी अन्चल र त्रिमुर्ती निकेतनको संयोजक, पाल्पा साहित्य समाजको सदस्य आदि गरी विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय संघसंस्थामा पनि संलग्न छन् ।