राजनीति

अर्थ

कुरा: खस्रा मिठा

‘समाजवादी नेपाल’मा त्यस्ता मान्छेसँग घर–घडेरी र करोडको गाडी कसरी भयो ? (भिडियाेसहित)

यहाँका औधोगिक घरानासँग पैशा छैन, तर निर्वाचनमा यत्रो पैशा कहाँबाट आयो ?

आइतबार, ०७ माघ २०७४ गते मा प्रकाशित

arun-kumar-subedi-china-train-interview-kura-khasra-mitha

काठमाडौं । विकास र समृद्धिको मुद्धा अचेल जति सजिलै उठाइन्छ, २०४६ सालपछिको परिवर्तनलगत्तै यो मुद्धालाई प्रभावकारी रुपमा उठाउने विज्ञमध्ये एक हुन् अरुणकुमार सुवेदी ।

 

उदारिकरणको पक्षमा रहेका अर्थविद् सुवेदीले खासगरी अर्थतन्त्र, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विषयमा आफ्ना बिचार प्रष्टसँग राख्छन् । नेपालआजको ‘कुरा खस्रा मिठा’ मा सुवेदीले नेपालमा पछिल्लो समय उठाइएका समृद्धि र विकासबारे आफ्ना बिचार राखेका छन् ।


अन्तरवार्ताको क्रममा उनले नेपालमा नीजि व्यवसायीहरुको लापरवाही र अनियन्त्रित व्यवसायमाथि राज्यको भुमिका कमजोर रहेको भन्दै यस्तो अन्त्य गर्नुपर्ने बताएका छन् ।

 

ढिलै भए पनि समृद्धि र विकासको सपना नेताहरुले देख्नथालेको भन्दै उनले त्यसबारे खुसी व्यक्त गरेका छन् । साथै नेपालमा नीति निर्माण गर्ने तहबाटै गल्ती भएको पनि औंल्याएका छन् ।

 

नीति निर्माण गर्नेहरु नै बाहिरी शक्तिबाट संचालित भएको पनि उनको भनाइ छ । जसकारण नेपालमा व्यवसाय नगर्नेहरु समेत रातारात धनी हुने अवस्था उत्पन्न भएको उनको बुझाइ छ ।