मनोरञ्जन

कस्तो छ ‘मिस्टर झोले’को व्यापार ?

आइतबार, ३० पुष २०७४ गते प्रकाशित
- Bishow

कस्तो छ ‘मिस्टर झोले’को व्यापार ?

गएको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ले राम्रै ओपनिङ गरेको छ । काठमाण्डौ लगायत देशभर चिसो बढेसँगै हलमा दर्शकको संख्या निकै कमजोर रहेको देख्न सकिन्छ । 

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मिस्टर झोले’ले २ दिनमा सुःखद ओपनिङ गरेको बताईएको छ । फिल्मले काठमाण्डौंमा मात्र २ दिनमा ७० लाख माथिको व्यापार गरेको काठमाण्डांैका वितरक गोविन्द शाहीले बताएका छन् ।

उनले जाडोमा यति दर्शक आउनुलाई सुःखद भन्न सकिने बताएका छन् । रामबाबु गुरुङ निर्देशित चलचित्रले मिश्रति प्रतिक्रिया पाएको छ । फिल्ममा दयाहाङ राई, दीया पुन, वर्षा राउत, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।