समाज

दुर्घटनामा गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

आइतबार, ३० पुष २०७४ गते प्रकाशित
- Bishow

दुर्घटनामा गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेलामा जाने क्रममा बा ५ च १३०९ नम्बरको जीप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कट्वाल तथा हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य तीन जनाको सनाखत हुन बाँकी छ । उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए ।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ ।