बिचार

के जन्मिनु ? त्यही छोरी ........

यमुना अर्याल (काफ्ले)

आइतबार, ३० पुष २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

के जन्मिनु ? त्यही छोरी ........

सधै पसलमा बुहारी हुन्थिन, अस्ति बुहारी देखिइनन । बुहारी खै त आमा ? सासुसँग प्रश्न तेर्साएँ । सामानको पैसा जोड्दै जवाफ दिँदै भनिन् ‘अस्पतालमा छे’ । ‘डेट त माघको दोश्रो साता थियो होइन र ? एक हप्ता अघि कुराकानीमा त्यस्तै भन्नुभाथ्यो तपाइको बुहारीले ’। आमा केही बोलिनन , ‘खै डाक्टर उस्ता हुन कि अहिलेका आइमाइ उस्ता हुन ? मैले केही भेऊ पाउँदिन नानी , खै हामीले डेटसेट केही नहेरीकन पनि चारपाँटवटा छोराछोरी पाइयो आजसम्म जिउँदै छौँ केही भाको छैन, अहिलेका आइमाइलाइ बच्चा पेटमा आउन पाएको छैन रेष्ट गर्नुपर्ने रे, चेक गराउनुपर्ने रे यो खान हुने नहुने नानाथरी गर्दागर्दा बच्चा पाउँने बेलासम्म त के के हुन्छ के के’ ??

आमाको कुरा सुन्दा बुहारीलाइ केही गाह्रो भएछ कि जस्तो लाग्यो, सधैभरी बुहारीलाइ तिमी भन्थिन, पसलमा सामान किन्न जाँदा प्रायजसो प्रन्ध बीस मिनेट कुराकानी गरेरै आइन्थ्यो, पसले र ग्राहकको भन्दापनि पारिवारिक साइनोजस्तै सम्बन्ध थियो सासु बुहारीसँग । अहिले त बुहारी खै भनेर सोध्दापनि अस्पतालमा छे भन्छिन आमाले धेरै कुरा खोतल्नपनि मन लागेन अर्काको परिवारको कुरा पर्‍याे । तिनवर्षअघि जन्मिएकी नातिनी स्कुलबाट हजुरआमा भन्दै हस्यागंफस्यागं गर्दै हजुरबाको हात समाएर पसलमा आइपुगी । आमा मम्मी कहिले घरमा आउने ? सानी बच्चीले जिज्ञासा राखी , खै कहिले आउँछे तेरी आमा मलाइ थाहा छैन ? पुरानो रिस पोखेजसरी आमा कड्किइन । बच्चासँग बोल्ने तरिका यही हो ? तँ यसो गरेर बोलेपछि यो सानी नातिनीले के सिक्छे ? अलि राम्रोसँग जवाफ फर्काउन आउँदैन ? बा अलि कड्किए ।

हिड् नानी भित्र लुगा फेरेर खाजा खानुपर्छ नातिनी र हजुरबाले .. नातिनीलाइ फकाउँदै बाले लिएर भित्र कोठामा गए । बल्ल आमाको रिसको पारो शान्त हुन थालेछ , हेर्नुस न नानी पहिले पनि छोरी जन्मिइ अहिले पनि त्यही छोरी जन्मिइछे ... अब फेरी अर्को पाउनुपर्छ । एउटा छोरा नभएको घर के घर ? छोरो पाउँछे भन्ने ठुलो आशाथ्यो, भगवानसँग त्यही पुकार गरेँ, दुइवटी छोरीले एक एकवटा छोरा पाइहाले उनिहरुलाइ अर्को बच्चा नपाएपनि हुन्छ तर छोराको हालत हेर्नुस त ? पहिले पनि छोरी अहिलेपनि त्यही छोरी.... आमाले यति पटक भर्खर जन्मेकी छोरीलाइ त्यही छोरी त्यही छोरी भनिन त्यसको कुनै गणना नै छैन ।

अप्रेसन गर्नुपर्‍याे कि क्याहो आमा ? मेरो प्रश्नको जवाफ दिदै भनिन हो त पाठेघरमा पानी सुक्यो कि के भयो भने डाक्टरले उनिहरुलाइ पैसा खानु परेको अहिलेका आइमाइलाइ बेथा खप्न सकस हुने बेथा खप्नुभन्दा गयो चिर्‍याे निकाल्यो आनन्द ... राजधानीमा वर्षौदेखी बस्दैआएपनि गाऊँका उहिल्यैका हजुरआमाहरुको पालाको व्यवहार देखाइन आमाले । तपाइ नातिनी जन्मिएर खुसी हुनुहुन्न आमा ? मेरो प्रश्न नसकिदै आमा कड्किइन , हेर्नुस नानी तपाइले छोरो जन्माउनु भयो पहिलो पटक मै तपाइलाइ रहरले पाएमात्रै हो कुनै कहर छैन अर्को बच्चा जन्माउन तर छोरी पाउनेहरुलाइ छोरा पाउनको लागि कहर लाग्छ, अंश खाने, बंश धान्ने भनेका छोरा नै हुन । यत्रो दुख गर्‍याे, सम्पति कमायो छोरी भनेका त भोली बिहे गरेर अर्काका घर गइहाल्छन यो सम्पति कस्ले खान्छ ? छोरी जन्माउने आइमाइको त कामै छैन, मेरा दुइटी छोरी छन, यसो मेलोमेसोमा आउँछन आफ्ना घर गइहाल्छन अर्काका घर जाने जातको केही आड भरोसा हुँदैन ।

बुहारी साथीजस्तै थिइन, सबैकुरा भन्थिन उनले सिभिल अस्पतालमा चेक गराएको थाहा थियो, अर्कोदिन बिहान कार्यालय आउने बेलामा अस्पतालमा छिरेँ, त्यही दिन डिस्चार्ज गर्ने तयारी हुँदैथियो । बेडमा सुतेकी सुत्केरी र छोरीलाइ भेँटे, छोरी उचालेँ धपक्क बलेकी जस्तै देखिन्थी सानी लक्ष्मी, ठ्याक्कै बाबाजस्तै अनुहारकी । श्रीमानले खाना खुवाउने तयारी गर्दैथिए, दुबैजना खुसी थिए, दुइसन्तान चाहिन्छन भनेरै जन्माएको हो छोराछोरी भन्ने भगवानको हातको कुरा हो, भगवानले जे दिन्छन हामीले हात थाप्ने हो , यिनै दुइवटी छोरीलाइ राम्रो शिक्षा, संस्कार दिनुपर्छ कम्सेकम भोली बुढेसकालमा बृद्धाआश्रममा लैजान्नहोला नि, आजसम्म छोरीले बाऊआमालाइ बृद्धाआश्रममा लगेको थाहा छैन श्रीमान खुसीहुँदै गफिए । सुत्केरीलाइ खाना दिएर एकैछिन तपाइ बस्नु है म हिसाबकिताब सकाएर आउँछु आज घर जाने हो भन्दै श्रीमान बाहिरिए ।

एक्लै भएपछि सुत्केरीलाइ सोधेँ, ठुली छोरी बहिनी हेर्न आएकी छ कि छैन ? हिजो आएकी थिइ, पहिले देखी नै उसलाइ तेरी आमाले भाइ पाउँछे भन्दै दिमाग भुटेका रहेछन आमा र नन्द आमाजुले , किन बहिनी पाको भन्दै झम्टिन खोजी मैमाथी, नर्सहरु नै हेरेको हे¥र्यै भए । मैले भाइ चाहिन्छ भनेको होइन किन बहिनी पा को भन्छे रुन्छे केही बोल्न सकिनँ , आफु अप्रेसनको पिडाले बोल्न नसक्ने त्यसैमाथि त्यति सानी छोरीले भनेका कुराले मेरो बाक्य नै फुटेन..। सासु आमा आउनुभयो कि भएन ? अस्ति आउनु भाथ्यो, तर कस्तो रिसाउनुभयो मसँग ? यत्रा अस्पताल थे, बेलैमा तिमीहरुको बुद्धी पुगेन, त्यति हेरेर फाल्न सकेनौ ? अब अर्कोपनि जन्मा, आफ्नै बुद्धीले दुख पाउने भइस् आमाको बोली यत्ति हो अर्कोदिनदेखी पसलमा बस्नुपर्छ भनेर आउनुभएन , कान्छी बहिनी आइ, भाउजु आउनुभयो, श्रीमान अप्रेसन गर्ने दिनदेखी यहीँ हुनुहुन्छ । छोरीको भाग्य कस्तो कस्तो ? धन्नै मरेको थिएँ, एकदिन ढिलो भएको भए बच्चा बचाउन सकिने थिएन भन्थे डाक्टर, यत्रो नौँ महिनासम्म पेटमा राख्दाको सकस, अप्रेसन गर्दाको पिडा त्यसमाथि सासुले भनेका बाण ... यो भर्खर धर्ती देखेकी छोरीको के दोष छ र ? गाऊँमा बरु चेतना पुगिसक्यो होला काठमाण्डौमा बीसवर्षदेखी बस्दै आएकी मेरी सासुको बुद्धी ढुँगे युगको जस्तो छ ।

छोरी जन्मेको खबर कसैलाइ गरेका रहेनछन, अस्पताल आएको कुरा माइतीमा आमालाइ भनेकी थिएँ , छोरीलाइ के भयो भन्दै आमाले फोन गर्नुभएछ पसलमा सासुले यस्तोउस्तो केही नभनेकी रे । पछि ज्वाइँको मोवाइलमा फोन गर्नु भो आमाले त्यसपछि बल्ल थाहा भयो । वरपरका छिमेकीले पनि बुहारीलाइ हिजै अस्पताल लगेको थियो के भयो भन्दै सोधेछन खै थाहा छैन भन्नुभएछ, आज बिहान चारपाँचजना छिमेकी आएर भेटेर गए । तिम्री सासु त सासु नै रहिछन, नातिनी जन्मेको कुरा लुकाइन हामीसँग भनिनन, छोरा के छोरी के आफ्नो लागि कोखीको घाऊ बराबर होइन र ? दुइसन्तान इश्वरका बरदान हुन , सासुको कुरामा चित्त नदुखाऊ भन्दै उनिहरु गए । भन्नेहरु भन्दै गर्छन आफुले जन्माउने हो, आफुले हुर्काउने हो सभ्य नागरिक आफुले बनाउने हो कुनै दुख नमान्नु सम्झाएजस्तै गरेँ उनलाइ । सासु आमाका कुरा सुन्दा, उनिहरुले छोरीलाइ सिकाएका कुरा सुन्दा साच्चिकै त्यो ब्यवहारबाट जिन्दगीदेखी नै विरक्त लाग्यो बाच्नै मन लागेन , धन्न श्रीमानले अहिलेसम्म केही भनेका छैनन, ससुरा बुआले केही भनेका छैनन, नन्द आमाजुले एक पटक फोन पनि गरेनन, यहीँ काठमाण्डौमा भएरपनि भेट्न आएनन । उनिहरु छोरा पाएका भएर होला आमाले उचालेकी होलिन नि, तिन आमाछोरी एक भएका छन ।

आज घर जाने हो, श्रीमान अफिस गइहाल्छन, दिनभरी सासुका कुरा सुन्नुपर्छ कहिले एक महिना होला र माइती जाउँला जस्तै भइसक्यो, मलाइ घरभित्रै कुच्न नपरेहुन्थ्यो भन्ने भइसक्यो चारदिनकै दिन । अस्पतालमा यत्रा विरामी हुन्छन, उनिहरुका आफन्त हुन्छन, डाक्टर नर्स छन यस्तो ठाऊँमा आएर मनलाग्नी भन्छन त अप्रेसन गरेकी बुहारीलाइ अलिकति आत्मा हुने सासुले ? सुत्केरीको कुरा सुन्दा बोल्ने कुनै शब्द भेटिएन, मन अमिलो भयो , चेतना भन्ने कुरा सुगम ठाऊँले मात्रै आउँदो रहेनछ त्यसको लागि मस्तिष्कदेखी नै सकारात्मक उर्जा पलाउनुपर्ने रहेछ । सासु आमालाइ भन्न मन लाग्यो, के जन्मिथी त्यही छोरी जन्मिइ फेरि पनि .. तपाइको कुन आशय हो यो ? मनमा जे भएपनि नाितनी जन्मिइ, आमाछोरीकै स्वाथ्य ठिक छ भनेको भए तपाइको के बिग्रन्थ्यो ? छोराछोरी नजन्माउदा पनि महिलालाइ दोष, जन्माउँदा पनि छोरा जन्मेनन भने महिलालाइ दोष, तपाइ आफुपनि छोरीबाटै सासु बन्नु भएको होइन र ?

तपाइको परिवारको सृष्टी तपाइ छोरी भएकैले सम्भव भएको होइन र ? अवोध नातिनीलाइ तेरी आमाले भाइ जन्माउँछे भनेर किन एकोहोरो बनाउनु भएको ? त्यो बच्चीलाइ भाइ के बहिनी के थाहा पाउँछे ? उसले बहिनी भएपछि मायाँ गर्नुपर्दैन , मेरी आमाले मेरो इच्छ्या विपरित बहिनी जन्माइन भन्छे कि भन्दिन ? भोली ठुली भएपछि अहिले तपाइले त्यही छोरी जन्मिइ भन्ने नातिनिले के सोच्ली ? उसले आफ्नी आमाबाट तपाइले भनेका सबै कुरा पक्कै थाहा पाउली उसले तपाइलाइ के आधारमा श्रद्धा गर्ली त ? मन अमिलो भइरह्यो ........... सोँचे मेरी हजुरआमाले पनि म जन्मदा छिमेकीसँग त्यही छोरी जन्मिइ त भनेकी थिइन होला कि आमालाइ ? दिमाग रन्थनियो ।