समाज

सामाजिक कार्यमा नबिल फाउण्डेसन

शनिबार, २९ पुष २०७४ गते प्रकाशित
- Bishow

सामाजिक कार्यमा नबिल फाउण्डेसन

काठमाडौं । नबिल बैकद्वारा प्रवर्धित नबिल फाउण्डेसनले नेवारी कला र संस्कृतिको प्रवर्धनका लागि सहयोग रकम प्रदान गरेको छ ।

नबिल फाउण्डेशनको प्रायोजनमा किलाधः सांस्कृतिक पुचले मेयर ट्रफी धिमे बाजा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि दुई लाख पचास हजार रुपैयाँ उपलब्ध गराएको छ । चेक हस्तान्तरण गर्दै फाउण्डेशनका अध्यक्ष दयाराम अग्रवालले ज्यापु संस्कृतिको प्रमुख बाजा धिमेको जगेर्नाका लागि सक्दो सहयोग गर्ने बताए ।

प्रतियोगिताको उदघाटन काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउने छ ।