खेल

अार्मी खप्तड गाेल्डकपकाे फाइनलमा

शनिबार, २९ पुष २०७४ गते मा प्रकाशित

football-4

काठमाडौं । त्रिभुवन आर्मी क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार क्षेत्रीय रंगशालामा भएको सेमिफाइनल खेलमा मनाङ मर्स्याङदीलाई ३–१ ले हराउँदै अार्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अार्मीको जितमा नवयुग श्रेष्ठ, भरत खवास र सन्ताेष तामाङले गाेल गरे । मनाङकाे लागि भने हेमन गुरूङले एक गाेल गरे । 

खेलको ८औं मिनेटमा गोल गर्दै हेमनले मनाङलाई अग्रता दिलाएका थिए । तर खेलकाे २० अाैँ मिनेटमा खवासले गाेल गरेपछि खेल बराबरीमा अाएकाे थियाे । त्यस्तै ४३ अाैँ मिनेटमा नवयुगले गाेल गर्दै अार्मीलार्इ पहिलाे हाफमा २–१ काे अग्रता दिलाए । खेलकाे ८८औं मिनेटमा सन्ताेषले अार्मीकाे लागि एक गोल थप्दै मनाङलार्इ ३–१ ले पराजित गरे । पहिलो हाफमा सशस्त्र संकटामाथि पूर्णरुपमा हावी भएको थियो । दोस्रो हाफमा आक्रामक बनेको संकटाले केही अवसर पाएपनि गोल गर्न चुक्यो । प्रतियोगिताअन्तर्गत् बिहीवार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने छ ।