समाज

माइत हिँडेकी महिला खाेलामा मृत फेला

शनिबार, २९ पुष २०७४ गते प्रकाशित
- Bishow

माइत हिँडेकी महिला खाेलामा मृत फेला

खोटाङ । माइत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् ।

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माइती घर जानेक्रममा बेपत्ता बनेकी तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् । तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।

तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।