मनोरञ्जन

रणभीरका आमाबाबुले दिए दीपिकालाई ‘डायमण्ड सेट’, यसकारण विवाह गर्न मानिनन्

शनिबार, २९ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

रणभीरका आमाबाबुले दिए दीपिकालाई ‘डायमण्ड सेट’, यसकारण विवाह गर्न मानिनन्

एजेन्सी । बलिउड अभिनेता रणभीर सिंह र दीपिका पादुोणको प्रेम कहानीको बलिउडमा सधैं चर्चा हुन्छ । हालै दीपिका पादुकोणले आफ्नो ३२ औं जस्नमदिन मनाएकी छिन् ।

स्रोतले जनाएअनुसार, जन्मदिनको अवसरमा रणभीरका आमा बाुबाले दीपिकालाई डाइमण्ड सेट र डिजाइनर सब्यासाचीको सारी उपहारस्वरुप दिएका थिए ।

हाल उनीहरुको यही वर्ष विवाह हुन सक्नेबारे खबर आइरहेको छ । रणभीर विवाहको लागि तयार भएपनि दीपिका भने तयार नभएको बताइएको छ । दीपिकाले आफ्नो भविष्यलाई लिएर असुरक्षित महशुश गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दीपिका र रणभीर पछिल्ला दिनहरुमा श्रीलंकामा थिए । दीपिकाले त्यहीं आफ्नो ३२ औं जन्मदिन मनाइन् । रणभीर र दीपिका अभिनित फिल्म ‘पद्मावत’ विवादमा भएको कारण पनि कुनै प्रकारको ठूलो सेलिब्रेसन हुन नसकिएको अनुमान गरिएको छ ।