वर्ल्ड

जापानमा आणविक केन्द्रको विकिरणयुक्त फोहाेर समुन्द्रमा फाल्न निर्देशन

शनिबार, २९ पुष २०७४ गते मा प्रकाशित

japan

टोकियो । जापानको आणविक नियमन अधिकारीहरुले फुकुशीमा आइची आणविक केन्द्रको विकिरणयुक्त फोहाेर शुद्धिकरण गरेर समुन्द्रमा फाल्न निर्देशन दिएका छन् । सन् २०११ को भूकम्प र सुनामीले फुकुशीमामा रहेको आणविक भट्टीमा ठूलो क्षति पुर्याएको थियो ।

यसै वर्ष उर्जा परियोजनामा प्रयोग भएको १० टन बढी पानीलाई हटाउन नसके नयाँ चुनौतीको सामना गर्नुपर्ने आणविक नियमन विभागका प्रमुख तोयोशी फुकेताले बताए । जति सक्दाे छिटाे आणविक भट्टीको पानी शुद्धिकरण गरेर समुन्द्रमा फाल्न उनले स्थानीय नगरप्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

टोकीयो इलेक्ट्रिक पावर कम्पनीले भने टंकीमा भण्डारण गरिएको पानी पाल्ने बारे कुनै निर्णय लिइ नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शुद्धिकरण गरेर पानी पाल्दा कुनै असर नपर्ने फुकेताले नाराहा बजार प्रमुख युकेइ मात्सुमोतोसँगको बैठकका क्रममा बताएका छन् । पानी फाल्दा सामुन्द्रिक उत्पादन र वातावरणमा कुनै असर नपर्ने वैज्ञानिकले पुष्टि गरेकाे उनले उल्लेख गरे । 

तर पानीका कारण हुनसक्ने नकारात्मक असरबारे स्थानीय माछा व्यापारीले चिन्ता व्यक्त गरेका छन् । 

उक्त पानी शुद्धिकरण गरेर समुन्द्रमा फाल्न कम्तिमा पनि दुईदेखि तीन वर्ष लाग्ने बताइएको छ ।

यसबारे चाँडै निर्णय लिन नियमन विभागले सरकारलाई आग्रह गरेको छ ।