अपराध सुरक्षा

घरमै बस्न दवाब दिँदै हाँस्य कलाकार निरु खड्कामाथि श्रीमानद्वारा हातपात

शुक्रबार, २८ पुष २०७४ गते मा प्रकाशित

niru

चर्चित हाँस्य कलाकार निरु खड्कालाई श्रीमानले कुटपिट गरेको खुलासा भएको छ । कलाकारिता छोडेर घरमै बस्न दिएको दबावलाई निरुले अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको हो ।

उनका श्रीमानले पटकपटक अभिनय छोडेर घरमै बस्न दवाब दिँदै आएका थिए । दवावलाई उनले अस्वीकार गरेपछि उनीहरु बिचको विवाद उत्कर्षमा पुग्दा श्रीमानले निर्घात कुटपिट गरेका हुन् ।

श्रीमानको कुटाइबाट निरूको कानको जाली फुटेको बुझिएको छ । आफू माथि कुटपिट भएपछि सामाजिक संजाल फेसबुकमा सांकेतिक स्टाटससमेत लेखेकी छन् ।

उनले अभिनय क्षेत्र छोड्न परिवारले दवाब दिएको बताउँदै अब कसरी अगाडी बढ्ने भने बिषयमा सुझाबसमेत मागेकी छन्, 'मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ उनले भनेकी छन्, अब म के गरु डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।'

निरुले चर्चित हास्य टेलीसिरियल मेरीबास्सै लगायत एक दर्जन भन्दा बढी फिल्ममा समेत काम गरेकी छन् ।