राजनीति

एमाले कार्यवाहक अध्यक्षमा गौतम

बिहिबार, २७ पुष २०७४ गते मा प्रकाशित

bamdev

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणकाक्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सन्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।