राजनीति

मोहनविक्रम सिंह पनि वाम एकतामा सामेल हुनसक्ने

बिहिबार, २७ पुष २०७४ गते मा प्रकाशित

Mohan-Bikram-Shing-Puspakaml-Dahal-Prachand-KP-Sharma-Oli

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु मोहनविक्रम सिंह पनि वाम एकतामा सामेल हुन तयार देखिएका छन् । उनले बिहीबार बिहान प्रचण्डसँग भेट गरी आफू पनि वाम एकतामा आउन तयार रहेको शंकेत दिए ।

 

राजनीतिक, आर्थिक तथा राष्यिट्रयताका विषयमा साझा धारणा बनेको खण्डमा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा पनि एकता प्रक्रियामा सामेल हुन तयार रहेको बताएका हुन् ।

 

माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यका अनुसार बिहीबार बिहानको भेटभन्दा अघिदेखि नै मोहन विक्रम सिंह वाम एकतामा आउन तयार देखिएका थिए । ‘प्रमुख दुई दलहरु माओवादी र एमालेका चरणबद्ध भेटका कारण उहाँसँग भेटवार्ताको वातावरण मिलेको थिएन । अब उहाँसँगको वार्ता अघि बढ्नेछ,’ माओवादीका ति नेताले भने, ‘वाम एकतामा मोहनविक्रम सिंह जस्तो नेता र उहाँको पार्टी सामेल हुनु सबै कम्युनिष्टका लागि सुखद हो ।’

 

स्रोतका अनुसार मोहनविक्रम सिंह एमाले नेताहरुसँग भन्दा बढी माओवादी केन्द्रका नेताहरुसँग नजिक देखिएका छन् । वाम एकता अभ्यासका बीच उनले माओवादीका नेताहरुसँग संवाद गर्दैआएको बुझिएको छ ।

 

त्यसो त, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारको पक्षमा आफ्ना बिचार राखेका थिए । अर्धभुमिगत शैलीमा राजनीति गर्दैआएका सिंले आफ्ना केही लेखमा केपी ओलीको राष्ट्रियताबारे बिचारसँग सहमती जनाएका थिए ।