मनोरञ्जन

प्रवास

कतारका दुई सहरमा नेपाली कलाकारकाे धमाकेदार प्रस्तुति हुँदै

बुधबार, २६ पुष २०७४ गते प्रकाशित
- Bishow

कतारका दुई सहरमा नेपाली कलाकारकाे धमाकेदार प्रस्तुति हुँदै

काठमाडौं । कतारका दुई सहरमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना हुने भएको छ । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आगामी मार्च ८ र ९ तारिखमा ‘कुमारी बैंक र बुम रेमिट’ले सो कार्यक्रम प्रस्तुति गर्न लागेको हो ।

मार्च ८ मा यो कार्यक्रम कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा राजधानी दोहामा रहेको ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ । ‘कुमारी बुम सुपर स्टार नाइट्स’मा चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाहले प्रस्तुति दिँदै छन् ।

त्यस्तै गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुवर गायन प्रस्तुति दिने छन् भने निर्देशक तथा मोडल शंकर बीसीले प्रस्तुत गर्ने छन् । सो कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराई रहने छन् ।

कुमारी बैंक र बुम रेमिटको प्रायोजनमा हुने उत्त कार्यक्रममा नेपाल टेलिकम पार्वड बाई रहेको छ भने ट्राभल पार्टनर नेपाः ट्रभल्स एण्ड टुर्स र हस्पिालिटि पार्टनरमा ओपिएम रेष्टुरेन्ट रहेको छ ।

सो कार्यक्रमकाे आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगराज खत्री रहेका छन् भने कार्यक्रमको मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ गर्ने रहेका छन् ।