राजनीति

भिडियो

गगन थापासहित कांग्रेसका युवा नेताहरुलाई पत्रकार धमलाको चुनौतीः नेतृत्व गर्ने शाहस छैन (भिडियोसहित)

‘कांग्रेसमा कति धेरै गुट !’

बुधबार, २६ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

गगन थापासहित कांग्रेसका युवा नेताहरुलाई पत्रकार धमलाको चुनौतीः नेतृत्व गर्ने शाहस छैन (भिडियोसहित)

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला राजनीतिक घटनाक्रमबारे धेरै सुचनाका जानकार हुन् । राजनीतिक दलका प्रमुख नेताहरुसँग पनि उनको नियमित सम्पर्क हुन्छ ।

त्यसो त, धेरै नेताहरुसँग उनको आत्मीय सम्बन्ध पनि छ । हरेक घटना/परिवेशमा खरो रुपमा नेताहरुलाई र्याख्र्याख्ती प्रश्न गर्ने पत्रकार धमलाले यसपटक आफैँ नेपालआजका लागि अन्तरवार्ता दिए ।

अन्तरवार्ताको क्रममा धमलाले पछिल्लो राजनीतिक घटनाक्रमको टिप्पणी र विश्लेषण गरेका छन् । खासगरी आम निर्वाचनपछिको राजनीतिक वस्तुस्थितिमाथि उनको कडा टिप्पणी छ ।

‘वाम एकतापछि नेपाली कांग्रेसको अवस्था कस्तो हुनेछ ?’, ‘कांग्रेसमा साँच्चिकै नयाँ नेतृत्वको आवस्यकता देखिएको हो ?’ लगायत प्रश्नमा उनले खुलेर कांग्रेस नेताहरुको आलोचना गरेका छन् ।

कांग्रेसका युवा नेताहरुको प्रस्तुतीबारे आक्रोशित बनेका धमलाले उनीहरुमाथि पनि कडा टिप्पणी गरे । उनले भनेका छन्, ‘कांग्रेसका युवा नेताहरुसँग त्यो शाहस छैन । भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने ।’

आफूले धेरै युवा नेताहरुसँग अन्तरंग कुरा गर्दा उनीहरुले नेतृत्व आफूले लिने भन्दा पनि बार्गेनिङको लागि भाषण गरिरहेको बताए । गगन थापा, चन्द्र भण्डारी लगायत नेताहरुसँग अहिले पार्टी नेतृत्व गर्ने शासह र सामार्थ नभएको उनको भनाइ छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई तत्काल कसैले हटाउन नसक्ने भन्दै कांग्रेसलाई गुटको राजनीतिले कमजोर बनाउने बताए । ‘हेर्नुस्, कांग्रेसमा कति गुट छन् । रामचन्द्रको एउटा गुट, शशांकको एउटा गुट, प्रकाशमानको अर्को गुट, गगन थापाको अर्को गुट ।’