खेल

नेत्रहीन विश्वकप क्रिकेटः नेपाल बंगलादेशसँग ४ विकेटले पराजित

बुधबार, २६ पुष २०७४ गते प्रकाशित
- Bishow

नेत्रहीन विश्वकप क्रिकेटः नेपाल बंगलादेशसँग ४ विकेटले पराजित

पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत बुधबारकाे खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएकाे छ । नेपालकाे याे दाेस्राे लगातार हार हाे ।

प्रतियाेगिताकाे दाेस्राे खेलमा टस हारेर इकबाल स्टेडियम पाकिस्तानमा ब्याटिंग गर्न उत्रेकाे नेपालले निर्धारित ४० अाेभरमा २३४ रन बनाएकाे थियाे । 

नेपालकाे खेल खराब सुरूवातबाट सुरू भएपनि कप्तानी इनिङले उच्च स्काेर बनाउन सफल भयाे । नेपालले १५ अाेभरमा ७६ रनकाे याेगफल बनाउँदा ६ विकेट गुमाइसकेकाे थियाे । त्यसपछि कप्तान किर्तन दुवालले ६६ रनकाे शानदार इनिंग खेल्दै नेपाललार्इ २३४ रनकाे स्काेर खडा गरे । यस्तै खिमानन्द गैरेले ३४ र पदम बडेलले ३० रनकाे याेगदान दिए । 

नेपालले आफ्नो पहिलो खेलमा पनि मंगलबार पाकिस्तानसंग ९ विकेटको हार बेहोरेको थियो । प्रतियोगिता अन्तर्गत लिग चरणमा नेपालले तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा, चौथो खेल १४ जनवरीमा भारतसँग र लिगको पाँचौ तथा अन्तिम खेलमा अस्ट्रेलियासँग १५ जनवरीमा खेल्नेछ ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्र रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ ।