समाचार

‘विवाह गरेको छ महिनामा सन्तान जन्माएका थिए अंगदले’ भन्नेलाई जेल

बुधबार, २१ भदौ २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

‘विवाह गरेको छ महिनामा सन्तान जन्माएका थिए अंगदले’ भन्नेलाई जेल

काठमाडौं । नपाउनेले केरा पायो भने के हुन्छ ? उखानै छ, बोक्रैसित खान्छ । नेपाल र भारत दुवैतिरको नागरिकता लिएर शंकास्पद क्रियाकलाप गर्दै आएका अंगद सिंह नामक व्यक्तिले नेताहरुसँगको सम्बन्ध दूरुपयोग गरेर मानिसहरुलाई दुःख दिन सुरु गरेका छन् ।

 

हालै हर्सिम्रन जीत सिंह नामक व्यक्तिलाई अंगदले माओवादी केन्द्रका नेताहरुसँगको सहयोगमा पक्राउ गरी साइबर अपराध अन्तर्गत प्रहरीलाई मुद्धा दर्ता गर्न बाध्य पारेका छन् । स्रोतका अनुशार अंगदले आफ्नै कार्यालयमा काम गर्ने कर्मचारीसँग विवाह गरेका हुन् । उनीहरुको विवाह पछि सन्तान प्राप्ति पनि भयो । तर विवाहको छ महिनामै सन्तान प्राप्त भएको र विवाह भन्दा अगाडि नै अंगदले एक अबला नारीमाथि शारीरिक शोषण गरेको आसयमा हर्सिम्रन जीत सिंह नामक व्यक्तिले फेसबुकमा कमेन्टमार्फत सो बारे लेखेका थिए । विवाह गरेको छ महिनामै अंगदको सन्तान प्राप्ति भए नभएको एकिन भने हुन सकेको छैन । यो खोजीकै विषय भएको छ । 

 

त्यही विषयलाई लिएर माओवादी केन्द्रका नेताहरुसँगको पहुँचको दूरुपयोग गर्दै अंगदले हर्सिम्रनलाई प्रहरीको जिम्मा लगाएका छन् । काठमाडौं प्रहरीका प्रमुख रवीन्द्र धानुकले भने, ‘हो हामीले उनलाई पक्रेर राखेका छौं । आज (बुधबार) मुद्धा दर्ता हुन्छ । उनीविरुद्ध अंगदको श्रीमतीको चरित्र हत्या गरेको आरोप छ ।’

 

हर्सिम्रनले कमेन्टमा अंगदले विवाहको छ महिनामा सन्तान जन्माएको लेखेका छन् । यहि विषयले नै अंगदले नेपालको कमजोर प्रशासन यन्त्रको दूरुपयोग गरेको देखिन्छ । किनभने हर्सिम्रनलाई पनि सो स्टाटसमा रेपिस्ट अर्थात बलात्कारी भनिएको छ । उनले छ महिनामा बच्चा जन्माएको भनेर लेख्दा उनी थुनामा छन् । तर उनलाई बलात्कारी भनेर फेसबुकमा लेख्दा पनि चुप लागेर बस्नु पर्ने अवस्था आएको छ ।

 

अंगद सिंह नामका व्यक्तिले ललितपुरमा स्टेपिङ स्टोन नामक स्कुल चलाउँछन् । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाति पनि केही समय पढ्थे । तर उनी अहिले पनि प्रचण्डका नाति आफ्नो स्कुलमा पढने हल्ला फैल्याएर मार्केटिङ गर्छन् । यस्तो मार्केटिङले भिभिआइपीका परिवारमा सुरक्षा थ्रेट बढ्ने गर्छ ।

 

त्यति मात्रै होइन आठ वर्ष अघि भारतको नागरिकता त्यागेका अंगदसँग अहिले नेपालको बंशज नागरिकता छ । यस्तो झमेला काम गर्ने अंगद तर जेल जाने हर्सिम्रन भएका छन् । नेपालमा कानुनी शासन बलियो भएको भए अहिले अंगद जेलमा हुनु पर्ने थियो ।