मनोरञ्जन

भिडियो

रेप सिन गर्दा धैरै इन्जोय हुन्थ्यो, डाइरेक्टरले कट भनेपछि अनुहार रातो बनाउँथे : राजेन्द्र खड्गी (भिडियाेसहित)

मङ्गलबार, १० असोज २०७४ गते मा प्रकाशित

rajendra-khadgi-nepalaaja

काठमाडौं । कुनै समयका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी यतिबेला नेपाली फिल्म इन्डस्ट्रिबाट हराएजस्तै छन् । करिब ५ सय वटा फिल्ममा द्वन्द्व निर्देशन गरेका खड्गी यतिबेला ‘वल्र्डवाइड डकुमेन्ट्री’ बनाउने काममा व्यस्त छन् । यसका लागि उनलाई १ सय ४० देशमा जानु छ । फिल्म ‘जिन्दगी रक्स’ को असफलता पछि यतिबेला उनी आफ्नै छोरालाई लिएर ‘ज्याक्सलभ’ नाम गरेको फिल्म निर्माणमा व्यस्त छन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ ।

हामीले बनाउने फिल्म हेर्ने दर्शक छैनन्

म दर्शकबाट हराएको छैन । यु ट्युबमा सक्रिय नै छु । हामीले बनाएका फिल्म हेर्ने दर्शकहरु सबै खाडी मुलुकमा छन् । गाउँजति सबै सुख्खा भयो । शहरमा हाम्रा दर्शक छैनन् । त्यो जमातलाई पनि टार्गेट गरेर ‘ज्याक्स लभ’ बनाउँदै छु । मेरो ठूलो छोराले यो फिल्म निर्देशन गर्दै छ । मैले ट्रेन गरेका फाइट डाइरेक्टर अहिले चार पुस्तामा छन् । राजेश हमालसँग मिलेर फेरि फिल्म बनाउन मन छ ।

५७ वर्षमा पनि यत्तिको तन्दुरुस्त छु

अहिले म ५७ वर्ष भएँ । शारीरिक रुपमा फिट नै छु । आफूलाई तन्दुरुस्त राख्नका लागि अहिलेसम्म औषधि खाएको र छाला तन्काएको छैन । साधारण नेपालीले जे खान्छन् म पनि त्यही खान्छु ।

भुवन केसीले लगाएको जुत्ता लगाउन लालायित हुन्थेँ

म हेटौंडाको जमिन्दारको छोरा हुँ । फिल्म लाइनमा आउँदा नै एक्सल चढेर हिँड्थे । खान लगाउनमा सौखिन थिएँ । त्यतिबेला भुवन केसीको लगाइ र खवाइबाट निकै प्रेरित भएको थिएँ । म ८ हजार रुपैयाँसम्मको जुत्ता लगाउँथे त्यतिबेला । भुवन दाइलाई देखेर म पनि कुनै दिन त यस्तै जुत्ता लगाउँछु भनेर टार्गेट बनाउँथे । त्यो बेलामा उहाँले ७ हजारको जुत्ता लगाउँदा म ७ सयको डिंगो जुत्ता बनाएर लगाउँथे । एक दिन यो बुढोको भन्दा ठूलो जुत्ता लगाउने सपना थियो । अहिले मेरो घरमा जुत्ता नै १२ लाख रुपैयाँसम्मको छ । एउटै जुत्ता ५०, ६० हजारको छ । जुत्ता र चस्मामा बढी सौख छ ।

पैसा कमाउनेबित्तिकै सुन किनिहाल्थें

अहिले मेरो मात्रै २० तोला जति सुन छ । संघर्षका दिनमा चाँदी लगाउँथे । म रक्सी खाँदै नखाने । पैसा कमाउन थालेपछि सुरुमै सुन किन्थेँ ।

७ वर्ष हेटौडा हल्लाएँ

काठमाडौं आउनु पहिला हेटौडा ७ वर्षसम्म हल्लाएर बसेको हुँ । बुबाले धेरै दःुख गरेर कमाउनुभएको सम्पत्ति थियो । आफैँ पनि कमाउँछु भनेर लागि परें । त्यसकारण सबै छोडेर काठमाडौं आएँ । तर, काठमाडौं आएपछि नसोचेको दुःख पाएँ । खान नपाउने स्थितिसमेत आयो । २ वर्षजति म घरज्वाईं बसें । सासु ससुराको उपचार गराएर ऋण पनि तिरें । दादागिरी गरेपनि सहयोग गर्थेँ । जेल पनि गएको छु । हेटौंडामा ज्यानमारा भनेर हतकडी लगाएर बजार पनि घुमाएका छन् मलाई । नागरिक अभिनन्दन पनि पाएको छु । पुलिसको नजरमा मात्र नराम्रो थिएँ । तर, हेटौडाका मान्छे कसैले नराम्रो भनेनन् मलाई ।
पैसा नदिँदा धेरै निर्मातालाई कुटें ।

म ठूलालाई आदर गर्छु, सानालाई माया गर्छु, निहुँ खोज्नेसँग निहुँ नै खोज्छु । धेरै प्रडुसरलाई कुटेको छु । पैसा नदिएपछि माहोल त्यस्तै हुन्थ्यो । भोलि आइजो पर्सि आइजो भनेर टार्ने । त्यसपछि गएर गोदिहाल्थें । बल्ल पैसा दिन्थ्यो । फिल्म लाइनमा पनि म व्यवहारले हैन फाइटले टिक्न सकें । एक समय मलाई फिल्म इन्डस्ट्रिजबाट निकाल्ने नै कुरा भएको थियो । मैले सबैलाई भेटेर आफ्नो काम गर्ने भने । १५, १६ वटा फिल्मबाट फालिदिए । त्यसपछि डटेर काम गर्न थालें । यस्तो पनि समय पनि आयो कि राजेन्द्र खड्गीको फाइट राजेश हमालको टाउको भए फिल्म चल्थ्यो । राजेश र म नै सञ्जय दत्तको फ्यान । त्यहाँदेखि दुवैले कपाल पान थाल्यौं ।

राजेश हमालले राम्रो संस्कार नै पाउन सकेनन्

राजेश हमाललाई बुझ्न नसक्नेले घमण्डी भन्छन् । उनले राम्रो संस्कार नै पाएनन् । बच्चैदेखि होस्टेल बसेर परिवारिक संस्कार नै थाहा पाएनन् । उनी विदेशी स्टाइलका थिए । एकदम इनोसेन्ट थिए । सुटिङ स्थलमा पनि कोहीसँग बोल्दैनथे । चुप लागेर बस्थे । त्यही स्वभाव मन पथ्र्यो ।

राजेशले अरुलाई हानेपछि ‘सरी’ भन्न कहिल्यै जानेनन्

फिल्मको सुटिङको समयमा राजेशजीबाट धेरैजना घाइते हुन्थे । जानी जानी हानेको त होइन तर पनि अरुलाई हानेपछि सरी भनेर कहिल्यै भन्न सिकेनन् । ‘शंकर’ फिल्मको सुटिङमा उनले लौरो हान्दा मेरो हात नै सुन्निएको थियो । मेरी श्रीमती राजेशसँग एकदमै रिसाएकी थिइन् । तीन दिनसम्म पेनकिलर खाएर सुतें । तर, राजेशजीले कहिल्यै सरी पनि भनेनन् । बदला लिन म पनि सक्थें । तर, मैले त्यसो गरिन । तर, पछि पो थाहा भयो की उनको आँखाको दूरीमा समस्या रहेछ । त्यो कुरा पहिल्यै भनिदिएको भए यत्तिका धेरै मान्छे घाइते हुने थिएनन् ।

फिल्मलाइनमा ठिस र सन्की मान्छेहरु आउँछन्

म माया गर्नेलाई टाउकोमा राख्छु, नगर्नेलाई लात्तीले हान्दिन्छु । किनभने मलाई चाप्लुसी गर्न आउँदैन । धेरैले मलाई सन्की भन्छन् । तर, ममात्र होइन यो फिल्म लाइनमा करिश्मा मानन्धर, गौरी मल्ल सबै सन्की छन् । ठिस मान्छेहरु नै फिल्म लाइनमा आउँछन् । करिश्मा जस्तो हिरोइन अरु कोही लाग्दैन । नायकमा भुवन केसी हुन् । ड्रेस अपमा भुवन केसीको फ्यान हुँ ।

हिरो हिरोइन भएपछि जहाँ पायो त्यता जाने होइन

पहिलाका हिरोइनहरु लामो समयसम्म टिक्न सक्थे । अहिले त आएको चार वर्षमा गायब हुन्छन् । किनभने पहिलामा हिरोइनहरु रिजर्भ बस्थे । उनीहरु जता पायो त्यहाँ जाँदैन थिए । जता पायो त्यता जाँदा दर्शक घट्छन् भन्ने बुझेका थिए । त्यसकारण रिजर्भ बस्ने गर्थे ।

फिल्म इन्डस्ट्रिजलाई चौधरी ग्रुपले बिगा-यो

यो फिल्म लाइनलाई चौधरी ग्रुपले राजेश हमाल, निरुता सिंहलाई दैलो दैलोमा चाउचाउ बाँड्न पठाएर बर्बाद बनाएको हो । अझ फिल्म रिलिज हुँदा हल हलमा पुग्छन् कलाकारहरु । कार्यक्रममा जानु भनेको भिन्नै कुरा हो । यो लाइनमा आउनेले व्यक्तिगत जीवनलाई त्यागेर आउनुपर्छ । हिरो हिरोइन भएर हिजोको गायकसँग नाचिरहेका हुन्छन् । स्टारडमलाई ख्याल गर्नुपर्छ ।

अबका पुस्ताका कलाकार १० वर्ष टिकेर देखाऊन् त ?

पहिला निर्देशकले जीवन्त अभिनय खोज्थे । अहिले त्यस्तो छैन । हामीले २० वर्षसम्म राजेश हमाल टिकायौं । अहिलेका पुस्ताले १० वर्ष मात्र पनि टिकाएर हेरुन् न ? हामीले पुष्टि गरिसकेका छौँ । अहिले पनि हामीलाई बाटोमा मान्छेले देख्दा डराउँछन् ।

अहिलेका कलाकारको चुरीफुरी नै धेरै

अहिले फिल्म लाइनमा एक दुई दिनको चुरी फुरी धेरै देखिन्छ । सुरु सुरुमा हायत जाने यता जाने उता जाने हुन्छ । पछि पैसा हुँदैन अनि भट्टीमा जानुपर्ने स्थिति आउँछ । अब त भट्टीमा हैन सिधै विदेश जान्छन् । पैसा नभएपछि भाँडा माझ्न जानु परिहाल्यो नि । को यहाँ कति टिक्छ भन्ने हो । एउटा लाइनमा बसिराख्नु हुँदैन । अन्य विकल्प पनि खोज्नुपर्छ भन्छु । विकल्प विदेशमा नखोजेर नेपालमा काम गर भन्छु म त ।

फिल्ममा कमाएको पैसालाई राम्ररी जोगाउनु पर्छ

फिल्म लाइनमा कमाएको पैसालाई राम्ररी डिफेन्स गर भन्ने मेरो भनाइ छ । हावामा नउडाउ भन्न खोजेको हो । कमसेकम १० वर्षसम्म टिक्न सक्छु भन्ने दूरदर्शी विचार गर्नुपर्र्छ । आज नाम चलेपछि धरै हा हा हुु हु गर्नु हुन्न । पछि आउने जिन्दगीको लागि पनि सोच्नुपर्छ । फिल्ममा पो लुगा प्रडुसरले लगाइदिन्छ, लाइटिङ हुन्छ । पछि घर फर्किदा त ताल त त्यस्तै हो ।

रेपिस्ट हुन्छु भनेर कहिल्यै सोचेको थिइन

रेप सिन त रियालिस्टिक नै हुन्थ्यो । जे हुन्थ्यो लाइभ नै हुन्थ्यो । हामी बाउन्डरीमा बस्थ्याँै । चलचित्रलाई गरेको भनेर सम्झाइन्थ्यो । रेप गर्न दिनेलाई र गर्नेलाई पनि गाह्रो हो । ‘इन्जोय’ त हुन्थ्यो । तर, हामी आफूलाई कन्ट्रोल गथ्र्यौं । कट भएपछि अनुहार रातो हुन्थ्यो । विपनासँग धेरै पटक रेप सिन थियो । मलाई फिल्ममा लिनुको कारण रेप, गीत नै हुन्थ्यो । अहिले त चुरोट र रक्सी खाने लाइभ दिइन्छ । त्यस्तो लाइभ दिएर हुन्छ ? यस्तो दृश्य दिएपछि घरमा श्रीमतीलाई फकाउन निकै सकस पथ्र्यो । बिपनालाई श्रीमतीलाई फकाउन लगाएँ । बिपनाले श्रीमतीलाई भेट्न थालेपछि बल्ल उनले बुझ्न थालिन् ।

अहिलेको फिल्ममा नयाँपन नै छैन

अहिले फिल्मका प्रोमो हेर्छु । दश वर्षअघि जस्तो एक्सन छोडेको थिएँ त्यस्तै नै छ । पहिला त राजेश हमालले हिर्काउँदा उड्छ की जस्तो हुन्थ्यो । अहिले त एक्सनमा रियालिस्टिक भन्दा पनि फ्यान्टास्टिक बढी भयो । नयाँपन र क्रियटिभिटी खोजिरहेको छु । त्यो भेटेको छैन । नेपाली फिल्ममा फाइटको क्लाइमेक्स लेख्ने मै हुँ ।

अहिलेका हिरोइन वाउ गर्ने लायक छैनन्

अहिले यस्तो ‘वाउ’ गर्ने खालको कोही नायिका देखेको छैन । म्युजिक भिडियोमा धेरै आएर पनि होला । शंकर बीसीसँग नाचेर बस्छन् । मोडलहरु पनि राम्रो हँुदैनन् । नायिकाले आफ्नो आइडिन्टी नै राखेनन् । फिल्म हलमा जाने भनेको केटाहरुले हिरोइन र केटीहरुले हिरो नै हेर्न जाने हो ।

गर्ल फ्रेण्डको हात समातेरै हलमा साढे दुई घण्टा बिताएँ

गर्ल फ्रेण्डको हात समातेर फिल्म सिद्धाएको छु । बाहिर समात्यो भने प्रेमिका डराउँथिन् । हलमा भए अध्ँयारो हुन्थ्यो । कत्ति आनन्द हुन्थ्यो । गर्ल फ्रेण्डको पछ्यौरा समातेर हलमा साढे दुई घण्टा बिताउँदा कति रमाइलो हुन्थ्यो । गर्ल फ्रेण्ड जति सबै छुटिहाल्यो । हेटौंडामा कति गर्ल फ्रेण्डका नाति भइसके । अहिले बोल्दा पनि किशोर अवस्थामा बोलेकोजस्तो लाग्छ ।