समाचार

पर्यटन

बिश्व दुर्लभ पाटे बाघ अवलोकण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा जानै पर्ने

सोमबार, ०९ असोज २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

बिश्व दुर्लभ पाटे बाघ अवलोकण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा जानै पर्ने

दीपबहादुर घर्ती

ठाकुरद्धार (बर्दिया) असोज । विश्वकै दुलर्भ वन्यजन्तु जनावरका रुपमा रहेको पाटेबाघ हेर्नलाई बर्दिया राष्ट्रिय निकुञ्जमा जानै पर्ने भएको छ । पाटेबाघ मैत्री राष्ट्रिय निकुञ्जका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाएपछि पाटेबाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पुग्नु पर्ने भएको हो ।

विश्वमै लोभन्मुख अपस्थामा रहेको पाटेबाघ हेर्नलाई बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेपछि धेरै लामो समय पर्खिनु नपर्ने बर्दिया राष्ट्रिय निकुन्ज प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । निकुञ्ज अवलोकण गर्नका लागि बर्दियाको ठाकुरद्धारमा पुगेका कुनै पनि विदेशी तथा स्वदेशी पर्यटकहरुले पाटेबाघ हेरेरै फर्किने गरेका छन अधिकृत थापाले भने्–“पाटेबाघ बिश्व जगतवाटै लोभ हुँदै गईरहेको बेला हेर्न चाहानेहरुका लागि बाघ भेटाउन मुस्किल भैरहेको अबस्थामा बर्दिया राष्ट्रिय निकुञ्ज भित्र सजिलै बाघ अवलोकण गर्न सकिन्छ ।”

घरपालुवा नभएर जंगली जीवन शैलीमा रहेका दर्जनौ पाटे बाघहरु मभ्यपश्चिम र सुदुर पश्चिमको सिमानामा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेपछि सजिलै हेर्न सकिन्छ । पाटेबाघको उपयुक्त बासस्थानका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन प्रकारको हावापानी पाईने गर्दछ । असोज देखि फागुन महिनासम्म यस राष्ट्रिय निकुञ्जमा सुख्खा मौसम रहन्छ । यस समयमा दिनमा न्यानो हुने गर्दछ भने, रातमा ठण्डा तथा जाडो हुने गर्दछ । बैशाखदेखि असार महिना सम्म यहाँ निकै गर्मी हुन्छ । यस समयमा यहाँको तापक्रम बढेर ४५ डिग्री सेन्टीग्रेट सम्म पग्ने गर्दछ । साउन र भदौ महिनामा भारी बर्षाद हुने गर्दछ ।

९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बालकुने, भेल्लर ट्रि, किङफिसर गेरुवा नदी, तटीय क्षेत्र लगाएतका ठाउँहरुमा बाघको घुमफिर गर्ने स्थान रहेको बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत थापाले बताए । ‘गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको समिश्रण छ, त्यसैले यहाँ बाघ सधैं हुन्छ ।’ बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी (घुमफिर गर्ने क्षेत्र) बनाएर मिलेर बसेको अधिकृत थापाको भनाई रहेको छ । अधिकांश समय तीनकुने र बाल्कुनेमा बाघ देखिने संरक्षणकर्मी जगत रिजालको भनाई रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ मात्र नभएर गैडा, घडियाल गोही, डल्फिन जस्ता बिश्वमै अत्यन्तै लोभन्मुख वन्यजन्तुहरुको उपयुक्त बास स्थान रहेको अधिकृत थापाले जानकारी दिए । उनले उक्त राष्ट्रिय निकुञ्ज भित्र झण्डै ३० हजार प्रजातीमा मृगहरु पाईने दावी गरे ।

बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण कार्यालय ठाकुरद्धारमा रहेको छ । काठमाण्डौंदेखि बर्दियाको ठाकुरद्धार पुग्नालाई ६ सय ५० किलोमिटरको दूरी पार गर्नु पर्दछ । बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुहरुको बास स्थान मात्र नभएर पर्यटकीय हिसावले पनि ठाकुरद्धार निकै महत्वपूर्ण रहेको पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए । स्थानिय लोक पहिचान झल्काउन सकिने थारु समुदायको बसोबास रहेको बर्दियाको ठाकुरद्धार निकै शान्त क्षेत्र रहेको अध्यक्ष चौधरीको भनाई रहेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरुका लागि ठाकुरद्धारमा २६ वटा रिसोर्ट रहेको बताउदै अध्यक्ष चौधरीले बर्दियाको विभिन्न ठाउँहरुमा ५० वटा होमस्टे रहेको जानकारी दिए । बाहिरवाट आउने पर्यटकहरुका लागि निकुञ्ज भित्रै नाईट क्याम्पिङ्गको ब्यबस्था गनर्’को साथै गाडी यात्रा, हात्ती यात्रा र र्याप्टिङ्ग गर्न पाउने ब्यबस्था गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

पर्यटन विकास तथा पर्यटन उद्योगका लागि बर्दिया जिल्ला देशकै “सुनको पलङ्गमा निदाएको बर्दिया” भन्दै नेपाल पर्यटन पत्रकार संघका कन्द्रिय अध्यक्ष धनिराम –ऋतुविचार) शर्माले भने्–“बर्दिया जिल्लालाई राज्यले चिन्न सकिरहेको छैन, मध्य तथा सुदुरपश्चिको पर्यटन विकासका लागि बर्दियालाई केन्द्र बनाएर राज्यले लगानी गर्न सक्नु पर्दछ, बर्दियाको ठाकुरद्धारलाई पर्यटन स्थलको मुख्य केन्द्र बनाउन सकियो भने, सुदुर पश्चिममा रहेका खप्तड, रामारोसन, सुक्लाफाँट, मध्यपश्चिमा रहेका मानसरोबर, रारा, से–फोक्सण्डो, माँभु, सिस्ने, जलजला, कानजिरुवा, मुकुट, धो–ताक्सी, चाखुरे, करशेमुसे, ज्वाला, स्यार्पु, कुभिण्डे जस्ता ठाउँहरु पर्यटकहरुको गन्तव्य स्थल बन्न सक्दछन । बर्दियाको ठाकुद्धारवाट पर्यटकहरुलाई रेडपाण्डाको बास स्थान रहेको जाजरकोटको बारेकोट र रोल्पाको जलजला सम्म आउन जान निकै सहज हुन्छ, धार्मिक हिसावले जुम्लाको चन्दननाथ, दैलेखको श्रीस्थान, नाँगस्थान, पाु’का, सुर्खेको देउती बज्यै, सल्यानको खैराबाङ्गी माई निकै चर्चित रहेका छन् ।”

बर्दियाको बघौरा फाँटमा पूर्व राजाहरु बाघ तथा हात्तीको शिकार गर्न आउने ठाउँ हो । सन् १९६८ मा बघौरा फाँटमा शिकार गर्न आएका राजाले बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए । शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । सन् १९८२ मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४ मा पूनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८ मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उदेश्य बाघ तथा यसको शिकारको संरक्षण भए पनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू संरक्षित गरिएको छ ।

सन् २०१३ मा बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटेबाघ ५० वटा भेटिएको थियो । गत साल गरिएको आन्तरिक गणनामा बाघको संख्या बढेर ६२ पुगेको निकुञ्ज प्रमुख संरक्षण अधिकृत थापाले बताउने गरेका छन् । नेपालको सबै भन्दा बढी बाघ पाईने स्थान चितवन राष्ट्रिय निकुञ्जमा भएको भएता पनि पर्यटकहरुले सजिलै बाघ अवलोकण गर्न सक्ने बर्दिया राष्ट्रिय निकुञ्ज रहेको अधिकृत थापाको तर्क छ ।

नेपालमा १ सय ९८ वटा बाघ रहेको बताईएको छ । जसमा १ सय २० वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको बताउने गरिएको छ भने, बर्दिया राष्ट्रिय निकुञ्जमा ६२ वटा, बाँकेमा ४ वटा, पर्सामा ७ वटा, शुक्लाफाँटामा १७ वटा बाघ रहेको सरकारी तथ्याङकले देखाएको छ । पाटेबाघ विश्वमा २ हजार ५ सयको हाराहारीमा रहेको तथ्याङक छ । नेपाल, भारत, भुटान र बंगलादेशमा यो बाघ पाइन्छ । चितवनमा भन्दा बर्दियामा बाघ सहज रुपमा अवलोकन गर्न सकिन्छ । मुख्यगरी चितवनमा हात्तीलाई समेत ढाक्ने घाँस पाईन्छ, त्यसमा बाघ सजिलै लुक्न सक्ने भएकाले मुश्किलले देखिन्छ भने, बर्दियामा सजिलैसंग बाघको अवलोकण गर्न सकिन्छ ।