राजनीति

अन्तरवार्ता

भिडियो

हामी कम्युनिष्ट नहुने मात्र हाेइन, सामान्य वामपन्थी पनि नरहने खतरा अायाे (भिडियाेसहित)

बुधबार, ०४ असोज २०७४ गते मा प्रकाशित

lekhnath-neupane-nepalaaja

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनबाट राजनीतिमा आएका लेखनाथ न्यौपाने पछिल्लो समय केही असन्तुष्ट छन् । उनको असन्तुष्टि भनेको आफ्नो नेता प्रत्यक्ष निर्वाचनबाट छानिनु हुँदैन, अनेरास्ववियुको महाधिवेसनमा यसपटक त्यस्तै भयो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा वकालत गर्ने पार्टीका नेता किन विद्यार्थी चुनावको विधिमा असन्तुष्ट छन् त ? यसबारे उनीसँग गरिएको कुराकानीका सार यस्तो छः

प्रत्यक्ष निर्वाचन शैद्धान्तिक रुपमा गलत भन्न मिल्दैन । तर एक क्रान्तिकारी पार्टीको विद्यार्थी संगठनमा प्रत्यक्ष निर्वाचन ठिक होइन । किनभने जोसँग पैसा छ, लविङ गर्ने नेटवर्क छ उसले चुनाव जित्न सक्छ । शिद्धान्त र निष्ठा भन्दा पहुँच र पैसाका आधारमा चुनाव जितिने विधि प्रत्यक्ष हो । विद्यार्थी राजनीतिमा यस्तो हुनु हुँदैन भन्ने मेरो मान्यता हो । प्रत्यक्ष हुनेसाथ कोही जित्ने कोही हार्ने हुन्छ । यसले संगठनलाई कमजोर बनाउँछ । अहिले जितेका साथीप्रति मेरो कुनै पूर्वाग्रह छैन ।

प्रत्यक्षमा जाँदा पार्टीका नेताहरुले एक एक विद्यार्थी नेता च्याप्छन् । जसबाट चुनाव विद्यार्थीको नभएर पार्टीको हुन जान्छ ।

अनेरास्ववियु क्रान्तिकारी भन्ने संगठन नेविसंघ र एमालेको विद्यार्थी संगठन जस्तो होइन । अब त्यही बाटोमा गयो भन्ने चिन्ता हो । किनभने यसपटक चुनाव जित्न प्रतिनिधिलाई होटलमा राखेर मिठो मिठो खुवाइएको, हवाइजहाजको टिकटको प्रबन्ध गरिएको थाहा भयो । जोसँग पैसा छ उसले जित्ने भएको छ चुनाव । यस्तो हुन हुँदैन भन्ने मेरो कुरा हो ।

कतिपय मुलुकमा शिक्षा स्वास्थ्यमा निजी लगानी निषेध गरिएको हुन्छ । हाम्रो देशमा चाहि यो उद्योग व्यापार भएको छ । जसले विरोध गर्थे यस्तो बेथितिको तिनीहरु आफ्नै कमजोर बने । जसका कारण आज निजी स्कुल, निजी अस्पताल कमाइ खाने भाँडो भएको छ ।

माओवादीले पहिलो निजी स्कुलको विरोध गरे अहिले आफ्नै छोराछोरी बोर्डिङमा राख्छन् भन्ने पनि कुरा आएको छ । यो त कुनै तुकको कुरै भएन । बोडिङमा राखेमात्रै त हुने हो नी निजी मेडिकल कलेजको सम्बन्धन दिलाउन दौडधुप गर्ने, नयाँ संस्था खोल्न लागि पर्नेहरु पनि भए । आफै हिस्सेदार पनि हुनेहरु छन् । यो खतरनाक विषय हो ।

यसकारण अब हामी कम्युनिष्ट नहुने मात्र हाेइन, सामान्य वामपन्थी पनि नरहने खतरा अायाे ।