प्रवास

एनआरएन ए क्यानडाको अध्यक्षमा काफ्ले र महासचिवमा घिमिरे निर्वाचित

बुधबार, २५ साउन २०७४ गते मा प्रकाशित

20750575_2047907245235445_1007150958_n

साउन २५ । क्यानाडाको आर्थिक ‘हब’ मानिने टोरोन्टो शहरमा ५ अगस्टमा सम्पन्न भएको एनआरएन क्यानडाको दशौं अधिवेशनले अध्यक्षमा गोपी काफ्ले र महासचिबमा चिरिञ्जिबी घिमिरेलाई निर्वाचित गरेको छ ।

उक्त अधिबेशनले उपाध्यक्षमा राजकुमार महत, रमेश बाँनिया, माधब दाहाल, सचिबमा डा. देवी अधिकारी, कोषाध्यक्षमा सूर्य सापकोटा, प्रवक्तामा रबीन्द्रराज घिमिरे, महिला संयोजक बिमला सापकोटा र सदस्यहरू प्रमिला बस्नेत ,करूण कार्की, बिनोद राना, दीपक श्रेष्ठ , चन्द्र अधिकारी, सुभाष गिरी, देवेन्द्र सुबेदी र दिनेश घिमिरेलाई चयन गरेको छ ।
अध्यक्ष पदको लागि भएको निर्वाचनमा १७ एनसिसी प्रतिनिधिको भोटमा काफ्लेले ११ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी देबेन्द्र सुबेदीले ६ मत प्राप्त गरे । यसैगरी महासचिबमा बिजयी उम्मेद्वार चिरिञ्जिबी घिमिरेले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी दिनेश घिमिरेले ५ मत मात्र प्राप्त गरे ।

महासचिब चिरिञ्जिबी घिमिरे टोरोन्टो शहरबाटै एनसिसी मेम्बरमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष काफ्लेले क्यानडामा बसोबास गर्ने नेपालीहरुका बीचमा भातृत्व, आपसी बिश्वास, सद्भाव र सहयोगलाई सुदृढ बनाउदै प्रवासी नेपालीहरुको हित अभिबृद्धिमा सधै लागिपर्ने बताए ।

कार्यक्रमका मुख्य अतिथी क्यानडाका लागि नेपालका राजदू कालिप्रसाद पोख्रेलले स्वदेश र प्रवासका बीचमा यौटा गतिशिल पुल बनेर एनआरएन क्यानडाले जोड्न सक्ने बिश्वास ब्यक्त गरे । एनआरएन क्यानडाका निबर्तमान अध्यक्ष तुलसीप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सस्थाका महासचिब सुमन लम्सालले गरेका थिए भने एजिएमको संयोजन गोपाल भन्डारीले गरेका थिए ।
–बद्री तिमल्सिना, क्यानाडा