अपराध सुरक्षा

११ डीआईजी एआईजीमा बढुवा

११ डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले यसअघि बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो ।

एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् । सिफारिसमा नवराज सिलवाल नपरेकाले उनी एआईजी हुन पाएनन् । उनी अब डीआईजीबाटै घर जानेछन् ।