भिडियो

समाचार

कुरा: युवाको

भारत र चीनको टकरावबाट नेपालले लाभ लिन सक्छ (भिडियाे अन्तर्वार्ता)

श्रीलंकामा लिट्टे दबाउन चीनले ठूलो लगानी गर्‍यो

शुक्रबार, ०९ भदौ २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

भारत र चीनको टकरावबाट नेपालले लाभ लिन सक्छ (भिडियाे अन्तर्वार्ता)

हरिराम रिमाल राजनीतिमा विशेष चासो राख्ने युवा हुन् । उनी पहिले नयाँ शक्ति पार्टीमा आवद्ध थिए । पार्टीका संयोजक बाबुराम भट्टराईसँग विमती राखेर विज्ञप्ति निकालेपछि उनीलगायत केही कार्यकर्तालाई नयाँ शक्तिले कारबाही गर्यो । त्यो बेला रिमालले भनेका थिए, ‘सत्य धारणा सार्वजनिक गर्दा हामीलाई कारबाही हुन्छ भने यो पार्टी नै अब रहँदैन ।’ नभन्दै अहिले नयाँ शक्ति पार्टी रहला वा नरहला भन्ने दोसाँधमा उभिएको छ । उनी राजनीति, छिमेकीसँगको सम्बन्ध आदिबारे गहिरो चासो र रुचि राख्छन् । रिमालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको दुई दिन अघि नेपालआजसँग कुरा गरेका थिए । उनको धारणाको सार निम्नानुशार छन्ः 

 

नेपालमा चीनको चासो छ भन्ने हालै त्यहाँका उपप्रधानमन्त्रीको भ्रमणले पनि देखायो । पहिलेको भन्दा फरक तरिकाले अगाडि बढेको देख्छु । चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदा एक भारतीय कुटनीतिज्ञ पनि सुटुक्क नेपाल आएको हामीले सुन्यौं । भारत र चीनबीच दोक्लाममा तनाव अझै छ । चीनले नेपालको तटस्थता जारी रहोस भन्यो । भारतले नेपालको समर्थन आफूतिर रहोस भन्ने भावना राखेको छ । तर भारत र चीनको टकरावबाट नेपालले लाभ लिन सक्छ ।

चीनको अहिलेको सरकारको मुख्य चासो ओविओर हो । यसकारण चीनले दक्षिण एसियामा अब आफ्नो प्रभाव बढाउँदै लैजानेछ । यसले भारत अझै चिढिन सक्छ । यसकारण नेपालले बुद्धिमतापूर्ण व्यवहार गर्नु पर्छ । भारत र चीनबीचको तनाव बढ्दै जाँदा नेपालले लाभ लिन सक्छ । लाभ लिने वातावरण बन्दै जान सक्छ । दुवै मुलुकबीच तनाव बढ्दा नेपालले कसैसँग पनि झुकाव नराखी व्यवहार गर्नु पर्छ ।

 

भारतको सम्बन्ध श्रीलंका, बंगलादेश, पाकिस्तान, नेपालसँग राम्रो छैन । तर पनि दोक्लाम मामिलामा नेपालले भारतलाई समर्थन दिन्छ कि भनेर हतार हतार पाकिस्तानबाट चिनियाँ उपप्रधानमन्त्री नेपाल आएका हुन जस्तो लाग्छ । वान वेल्ट वान रोडले दक्षिण एसियामा तनाव उत्पन्न गर्छ जस्तो लाग्छ । किनभने चीनले यो योजना पूरा गर्न दक्षिण एसियामा प्रभाव विस्तार गर्नेछ । नेपालले सचेततापूर्वक व्यवहार गर्नु पर्छ ।

 

चीनको लगानी दक्षिण एसियामा धेरै छ । बंगलादेशसँग पनि केही समय अगाडि ठूलो लगानी गर्ने सम्झौता भएको छ । पाकिस्तानमा त पहिलेदेखि नै छ । श्रीलंकामा त लिट्टे सिध्याउन चीनले धेरै लगानी गरेको थियो ।