व्यापार

भदौ १६ देखि देशैभर सुपथ मूल्य पसल, कहाँ–कहाँ खुल्ने

मङ्गलबार, ०६ भदौ २०७४ गते मा प्रकाशित

supath-mulyako-pasal-15

काठमाडौँ । सरकारले आम उपाभोक्तालाई राहत दिन सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । दसैँतिहार र छठ पर्वलाई लक्षित गरी देशका विभिन्न स्थानमा भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म यस्ता पसल संचालन गरिनेछ ।

उपत्यकाका २२ स्थान र उपत्यकाबाहिर ३६ स्थानमा यस्तो सुपथ मूल्य पसल संचालनमा आउनेछ । उपत्यकामा कुलेश्वर, कालीमाटी, टेकु, रामशाहपथ, बानेश्वर, थापाथली, कोटेश्वर, जावलाखेल, सतुङ्गल, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायत स्थानमा पसल संचालन गरिनेछ ।

उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, बिरगंज, हेटौडा, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगंज, टीकापुर, धनगढी , महेन्द्रनगर, दिपायल, डडेलधुरा, वेलौरी, त्रिशुली, बैतडी, अछाम, बाजुरा र बझाङमा पनि सुपथ मुल्य पसल संचालन गरिने साल्ट ट्रेडिङका उपमहाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए ।