मनोरञ्जन

भिडियो

अन्तरवार्ता

‘जिरे खुर्सानी’ अब नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुनेछ (भिडियोसहित)

‘छक्कापञ्जा’को हल्ला धेरै भयो, पैसा एक दम

बिहिबार, ०१ भदौ २०७४ गते मा प्रकाशित

jitu-nepal-nepalaaja-flood-chakka-panja-2

काठमाडौं । ‘स्थानीय निकायको चुनाव भनेर कति दुःख गरेर भोट हालियो अन्त्यमा मेयरले पहिलो के काम गर्लान भनेको त आफ्नै लागि गाडी किनेछन् ।' हास्य कलाकार जितु नेपालले काठमाडौंका मेयरलाई व्यंग्य कसिहाले । राजनीतिमा व्यंग्य गर्न सिपालु जितुले पछिल्लो समय काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले किनेका करोडौंको मूल्य पर्ने गाडीबारे उनको टिप्पणी थियो यो ।

बाढीले तराईका अधिकांश ठाउँहरु डुबानमा परेका छन् । जितुका सहकर्मी सिताराम कट्टेल तराईं पुगेर जनतालाई सकेको सहयोग गर्न थालिसके । उनीलगायत थुप्रै कलकारले पनि यहीँ बसेर भएपनि आर्थिक सहयोग जुटाउँदै छन् । व्यक्तिगत रुपमा जितुले पनि बाढी पीडितलाई ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । तर, यतिबेला उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताका दुईवटा कुराले चित्त दुखाइरहेको छ । पहिलो, धुर्मुसको फोटो सामाजिक सञ्जालमा राखेर अरुलाई गाली गर्ने र मधेसका नेताहरु यो दुःखद घडीमाा कता हराए भन्नेबारे ।

उनले थपे, ‘धुर्मुसको प्रशंशा गरौँ तर उनको फोटो राख्दै अरुलाई गाली नगरौं । अरुले पनि आफ्नो ठाउँमा बसेर सहयोग गरि नै रहेका छन् । यसो भन्नेवित्तिकै अरु चाहीँ सुतेरै बसिरहेका छन् भन्ने होइनन् ।’

मधेशका नेतालाई कसिलो व्यंग्य कस्दै उनले भने, ‘अरुबेलामा संविधान संसोधनको विषयलाई लिएर भाषण ठोक्ने मधेसका नेताज्यूहरु अहिले कता जानुभएछ ?’ यतिमात्र होइन, जितुले नेपाल आजसँगको कुराकानीमा चलचित्र क्षेत्रबारे पनि धेरै गहकिला तर्क पेश गरे । विशेषगरि अहिले नेपाली फिल्मले गर्ने व्यापारबारे फैलाइने गलत प्रचारबारे व्यंग्य गर्दै उनले भने, ‘हरेकका आफ्नै मिडिया छन्, यती कमायो भनेर समाचार फैलाए पुगिहाल्यो । बाहिर करोडौंको व्यापार भनेर बजार पिटिएको छ । घरमा श्रीमतीले पैसा खै ? भन्दा छैन । यस्तो अफवाहले कतिन्जेल टिक्ने ?’

जितु यतिबेला आफ्नै टेलिसिरियल ‘जिरे खुर्सानी’ पुनः प्रशारणमा ल्याउने प्रयत्नमा छन् । नेपाली टेलिसिरियलमा अहिले सबैजसो एउटै खालको कथावस्तु प्रशारण किन हुन्छन् भन्ने प्रश्नमा उनले भने, ‘अहिले टेलिसिरियलमा काम गर्ने सबै भाइबहिनीले हामीबाटै सिकेका हुन् । त्यही भएर एउटै हुन्छ ।’ बजारमा यतिबेला धेरै टलिसिरियलको बिगबिगी हुँदा कसरी नयाँपन ल्याउने भन्ने कुराले रातभर निन्द्रा नलाग्ने गरेको बताउँछन् उनी । तर ‘जिरे खुर्सानी’ अब पक्का आउने र नयाँ विषयवस्तुमा आउने उनी विश्वास दिलाए ।