मुख्य समाचार

हावाबाट बिजुली निकाल्ने सपना पुरा भयो : ओली

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

Hawa

मुस्ताङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पुरा भएको बताएका छन् ।

मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताए । आफ्नो योजनालाई हावामा उडाउनेलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीको अनुरोध थियो ।

बुद्ध पावर प्रा.लिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिए । अहिले ३ किलोवाट उत्पादन गर्न सकिने भन्दै उनले सो लगत्तै जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने जानकारी दिए ।