समाचार

तैरिरहेको अवस्थामा बालकको र रानी कुलोमा पुरुषको शव भेटियो

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

badhi

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् ।

साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ । साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए । बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

उता, कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिका–२, सीतापुरको रानी कुलोमा शनिबार एक पुरुषको शव फेला परेको छ । कैलाली र बर्दियाको सीमा नदी कर्णालीबाट टीकापुरतर्फ आएको रानी कुलोमा केही दिनदेखि पानीको सतह बढेको अवस्थामा अन्दाजी ५०-५२ वर्षका देखिने पुरुषको शव फेला परेको हो ।

शवको सनाखत हुन नसकेको टीकापुर इलाका प्रहरी कार्यालयले जनाएको छ