समाचार

प्रकृतिको यस्तो विपद्मा संरकार गम्भीर बनोस्ः विश्व हिन्दू महासंघ

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

santiosh sigeld

काठमाडौं । अविरल वर्षाका कारण मुलुकभर भएको धनजनको क्षतिप्रति विश्व हिन्दू महासंघ अन्तर्राष्टियले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ ।

महासंघका महासचिव अस्मिता भण्डारीले मुलुकमा उत्पन्न विकराल प्राकृतिक विपतविरुद्ध जुट्न सबैलाई आह्वान पनि गरेकी छन् । महासचिव भण्डारीले प्रकृतिको यस्तो विपदमा सरकार गम्भीर भएर उद्धार, राहत र आपतकालीन सहायता तत्काल पुर्याउन क्रियाशील हुनु पर्ने बताएकी छन् ।

अविरल वर्षाको कारण मुलुकभर मृत्यु हुनेहरुको संख्या ४९ पुगेको छ । ३६ जना बेपत्ता भएका छन् भने १६ घाइते छन् । महासंघले मृतक परिवारलाई राहत, बेपत्ताको खोजी र घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

सरकारले विपदविरुद्ध परिचालन गरेको जनशक्ति पर्याप्त नभएको भन्दा थप शक्ति लगाउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।