राजनीति

कांग्रेसका सबै सांसदले बाढीपीडित उद्धार कोषमा एक महिनाको तलव जम्मा गर्ने

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

congress-meeting-599049074883d1.29986571

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बाढी पहिरोपीडितलाई राहतस्वरुप सहयोग गर्ने भएको छ । कांग्रेसले आफ्ना सांसदहरुको एक महिनाको तलव उपलब्ध गराउने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको एक महिनाको तलव बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । अहिले कांग्रेसबाट संसदमा दुई सय सात जना सदस्य छन् । 

बैठकले उद्धार कार्यलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । उसले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनसमेत सरकारलाई भनेको छ ।