राजनीति

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, यस्ता छन् एजेन्डा

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

deuba-social

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनले मुलुक बाढी पहिरोका कारण प्रताडित भइरहेका बेला सरकारले चाल्ने कदमबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाएका हुन् । मन्त्रिपरिषद बैठकले यीबाहेक अन्य महत्वपूर्ण विषयबारे पनि निर्णय लिने छ ।