राजनीति

माओवादी केन्द्रमा फर्किए रामचन्द्र झा

शुक्रबार, २७ साउन २०७४ गते मा प्रकाशित

Ramchandra-jha-with-prachanda


काठमाडौं । नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् ।

झा र शर्माले बिहीबार माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् । छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने बताए ।

एमालेबाट माओवादी हुँदै नयाँ शक्तिमा पुगेका झा पछिल्लो समय एमाले फर्किने चर्चा पनि चलेको थियो ।