स्वास्थ्य

जन्मेको बच्चा नै गर्भवती !

बिहिबार, २६ साउन २०७४ गते मा प्रकाशित

baby-580x395


मुम्बई । हामी जुम्ल्याहा मिम्ल्याहा वा त्यो भन्दा बढि जन्मेको बच्चा त धेरै सुनेका छौ । तर अच्चम लाग्दो कुरा छ त के छ भने बच्चा जन्मिदा नै गर्भवती भई भनेको सुनेका छैनौं तर यो सत्य हो ।

भारतको मुम्बइमा एउटा बच्चा जन्मिँदा नै  गर्भवती रहेको त्यहाँको डाक्टरले जनाएका छन् उ जन्मिँदै कसरी गर्भवती भइ त ? मुम्बइमा एक महिला गर्भवती भएको बेला रेडियोलोजिस्ट डा. भावना थोराटले ती महिलाको सीटी स्क्यान गर्दा बच्चामा असामान्य खालको मासु देखा पर्थो ।

जब बच्चा जन्मियो बच्चाको रुटिन क्यानमा बच्चाको पेट भित्र ७ सेन्टीमीटर लामो मासु पलाएको देखियो । डाक्टरहरुले त्यो पेट भित्र पलाएको मासु बच्चाको जुम्ल्याहा भाई हुन सक्ने अनुमान गरे ।

डाक्टरहरुको भनाइ अनुसार मेडिकल टर्ममा यस्तो केशलाई फिट्स इन फिट भनिन्छ र यो एकदमै रेअर केश हो । जसमा फिट्स आफ्नै जुम्ल्याहासँग टासेकै हुन्छ ।

यस्तो घटना हुने बितिकै बच्चाको शल्यक्रिया गरियो । शल्यक्रियाबाट ७ सेन्टीमीटर (१५० ग्राम)को मासु निकालियो । बच्चाको शल्यक्रियाबाट निकालिएको माशुमा जुम्ल्याहा भाईको हाथ, खुट्टा र दिमागले आकार लिई सकेको तर स्कल नरहेको देखियो ।

डाक्टरका अनुसार आमा र बच्चा दुवै स्वस्थ्य रहेको जानकारी गराएका छन् । यस्तो केशलाई मोनोजागोटिक ट्विन्स प्रेगनेन्सी भनिन्छ जस्मा जुम्ल्याहा बच्चा एउटै नाल शेयर गर्छन् जस्ले गर्दा यस्तो देखिन्छ ।