समाज

अपराध सुरक्षा

बनेपामा महिला बलात्कृत, धाकधम्की दिई कोठामा लगी बलात्कार गरेको उजुरी

शुक्रबार, २७ साउन २०७४ गते मा प्रकाशित

rape

काभ्रे । काभ्रेको बनेपामा २७ वर्षीया एक महिला बलात्कृत भएकी छन् । मेथिनकोट घर भई हाल बनेपा नगरपालिका–७ भीमसेनस्थान डेरा गरी बस्ने २७ वर्षीया महिला बलात्कृत भएकी हुन् । 

रामेछापको दोरम्बा गाउँपालिका–५ रजमानटार घर भई हाल काभ्रे बनेपा नगरपालिका–६ बुडौलस्थित डेरा गरी बस्ने २८ वर्षीय रमेश बिसुंखेले ती महिलालाई बलात्कार गरेका हुन् । उनले धाकधम्की दिई कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । बिसुंखेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।