अन्तरवार्ता

भिडियो

हिसिला र करिश्मा कति सेक्सी ? त्यो त बाबुराम र विनोदलाई थाहा होला (भिडियोसहित)

कोमल ओलीको ब्वायफ्रेन्ड होला

आइतबार, २५ असार २०७४ गते मा प्रकाशित

madan-rai-komal-oli-nepalaaja

कृषि वैज्ञानिक मदन राई नयाँ शक्ति पार्टीका नेता हुनुहुन्छ । कृषिमा मात्रै नभएर राजनीति, समाज, दर्शन र यौन दर्शनमा पनि उहाँको गहिरो चाख छ । यी विषयमा उहाँसँग धेरै ज्ञान पनि छन । तर उहाँको ज्ञान बेला बेलामा विवादमा पनि पर्छ । किनभने उहाँले यौनका बारेमा खुलेर कुरा राख्नु हुन्छ । नेपालआजसँगको पछिल्लो अन्तवार्तामा उहाँले राख्नु भएको धारणाको सारंश यस्तो छ :

योगी र जोगीबीच फरक छ । मानिसहरु गृहस्थ जीवन त्यागेर जोगी बन्छन् । घरपरिवार समाज त्यागेर विरत्तिएर हिँड्छन् । खरानी धस्छन्, गेरु वस्त्र लगाउँछन् । सबै किशिमका मोहबाट छुटकारा पाउने प्रयास गर्छन् । अन्ततिर त मैले धेरै देखेको छैन । तर दक्षिण एसियामा यस्ता मानिस धेरै हुन्छन् । मान्छे घरपरिवारबाट दिक्क भएर विरत्तिएका हुन्छन् । उनीहरु विरत्तिएको कारण पत्ता लगाउने र उपचार गर्ने हो भने त मान्छेले घर परिवार छाड्दै छाड्दैन ।

पञ्चतत्व, पञ्चबिरुवा, पञ्चप्राणीको सम्बन्ध संसारको कुनै वैज्ञानिकलाई थाहा छैन । यस्तो कुरा थाहा नपाइ योगी, जोगी, भोगीको कुरा थाहा हुँदैन । घर छाडेर हिँडनेहरुलाई त यो रहस्य झन थाहा हुँदैन । अनि थाहा नपाई घर छाडेर के ज्ञान पाउँछ ? अब यसरी हिँडेका मान्छेमा सेक्सको चाहना हुँदैन भनियो भने म मान्दिन । यो कुरा विवादास्पद पनि हुन सक्छ । यदि कुनै मान्छेमा सबै अंग छ । मान्छे सामान्य स्वास्थ्य अवस्थाको छ भने त्यसलाई सेक्सको चाहना हुँदैन भन्न मिल्दैन । त्यो अपवाद हो । १०औं हजारमा एकजनामा हुन सक्छ । जसको हर्मोन उत्पादन भएको हुँदैन । सेक्समुक्त भन्ने योगीका अगाडि योगिनी लगिदिनुस, योगिनीका अगाडि योगी लगिदिनुस थाहा हुन्छ । यौन चाहना नहुने भन्ने कुरा अवैज्ञानिक, असत्य र प्राकृतिक कुरा हो ।

योगी योगिनी पनि मान्छे नै हुन् । उनीहरुको सम्प्रदायमा पनि ठूलो लफडा हुन्छ । तब त आआफ्नो कुटी बनाएर बस्छन् । आपसमा उनीहरु नै मिल्दैनन् । सेक्सबाट टाढा हुनु भनेको नै यो श्रृष्टि समाप्त हुनु हो । सेक्सको चाहना त हुनै पर्छ । बलात्कार गर्ने, पेट बोकाउने, रोग सार्ने, अनमेल विवाह गर्नेहरु पाखण्डी हुन् ।

धर्मगुरुहरुको प्रशंगमा के भन्छु भने, योगी र योगिनी युवा छन्, उनीहरुमा आकर्षण स्वभाविक हुन्छ । धर्मगुरुहरुको स्क्यान्डल पनि बेला बेलामा आउने गर्छ । यो पनि अनौठो कुरा भएन ।

मलाई कसैले ‘ए मदन तेरो लागि यो संसारमा सबैभन्दा ठूलो कुरा के हो ?’ भनेर कसैले सोध्यो भने म भन्छु, ‘सेक्स हो सबैभन्दा ठूलो कुरा ।’

जीवनको सबैभन्दा ठूलो कुरा पैसा र प्रतिष्ठा भन्दा सेक्स हो । सेक्स भनेको त शक्ति हो, स्वास्थ्य हो । नियमित सेक्स गर्ने मान्छे बिरामी पनि हुँदैन । सेक्स गर्नु अघि लिंग यत्रो सानु कान्छी औंला जत्रो हुन्छ । रक्त संचार बढेपछि फुलेर कति ठूलो हुन्छ । यो कसरी भयो त ? यसबाटै त हो सबै हुने । स्वास्थ्यका लागि सेक्स कति आवश्यक छ । तर धेरै पाखण्डी बन्नु हुँदैन । ठिक तरीकाले गर्दा राम्रो हुन्छ । दुरुपयोग भयो भने यो त विष हो काल हो ।

मानिस कति वर्षसम्म सेक्स गर्न सक्ला त ? म अहिले यहि विषयमा अध्ययन गरिरहेको छु । एक जना मेरो दाई पर्ने अहिले ८९ वर्षको हुनु भयो । उहाँले धेरै वटा बिहे पनि गर्नु भयो । उहाँको पत्नी अहिले २९ वर्षकी छन् । मैले सेक्स हुन्छ ? भनेर सोध्दा उहाँले हप्ताका एकपटक गर्छु भन्नु भयो । अनि उहाँको ८०–८१ मा बच्चा पनि भएको रहेछ । उहाँले सेक्स भनेको खाना भन्दा महत्वपूर्ण कुरा हो भन्नु हुन्छ ।

महिलाहरुमा ५० पछि कम हुँदै जान्छ । पुरुषहरुमा त रहन्छ । यसो भन्दैमा मैले पाखण्डी हुनु पर्छ, दूराचारी हुनुपर्छ भनेको होइन ।

प्रियंका, रेखा कस्तो लाग्छ ?

ती बहिनी खुला विचारकी छन् । रामो अभिनय गर्छिन् । जिउडाल राम्रो भएको राम्री केटी हुन् । रेखा थापा पनि ठिक हुनुहुन्छ । म उहाँहरुलाई बहिनी भन्दा पनि छोरी जस्तो मान्छु । म फिल्मका नायिका हेरेर आकर्षित विकर्षित हुँदिन ।

कोमल ओलीको ब्वायफ्रेन्ड होला

मैले कोमललाई भेटेको छु । उनले जे गरेकी छन् ठिक गरेकी छन् । उनले बिहे नगरेर ठिक गरेकी छन् । उनको ब्वायफ्रेन्ड होला । हुनु पर्छ, सेक्स गर्नुपर्छ भन्छु म त । तर उनको के छ मलाई थाहा छैन ।

राजेश हमाल पनि मलाई राम्रो लाग्छ । उनी त राजनीतिमा आउनु पर्ने हो । सरोज भाइ आए । तर हाम्रो पार्टीमा उनी अलि सक्रिय हुन सकेका छैनन् ।

हिसिला सेक्सी कि करिश्मा ?

यो कुरा त म भन्दै भन्दिनँ । को कति सेक्सी छन भनेर त म कसरी भन्न सक्छु र ? बाबुरामलाई सोध्नुहोस हिसिला कति सेक्सी भनेर, विनोदलाई सोध्नुहोस करिश्मा कति सेक्सी भनेर । यी त दुवै छोरी बहिनी जस्ता हुन । हिसिला म भन्दा १० वर्ष कान्छी छन । यसकारण उनी बहिनी हुन । करिश्मा त छोरी बराबरकी हुन । उनीहरुको सेक्स बारे त मैले मेरा ज्वाईहरु (बाबुराम र विनोद) लाई सोध्नु पर्छ । मेरो भिडियोको टाइटल हेरेर एक पटक करिश्मा बहिनीले त गलत भन्नु भएको रहेछ । तर अहिले त्यस्तो केही छैन ।

मेरो रोमाञ्चक अनुभव
मेरो रोमाञ्चक अनुभव त हजारौं छ । फरक फरक महिलास“ग मेरो फरक फरक अनुभव छ । यो त हजार हुन्छ । कति भन्ने । ७० वर्ष उमेर बा“च्दा म जति रमाएको, म जति सुख पाएको अरु मान्छे छैन जस्तो लाग्छ । मेरो उमेरमा मैले मेरो लागि, समाजको लागि परिवारकालागि जे जे काम गरे त्यसको हिसाब निकाल्दा राम्रै लाग्छ । एउटा मान्छेले आफ्नो जीवनकालमा यति काम गर्नु भनेको चानचुन कुरा होइन ।