भिडियो

मेरो परिवार मेरो कथा

बानेश्वरमा केटाहरुले यौन दुर्व्यवहार गरेपछि बेस्करी धम्काएं: कुन्ती शाही (भिडियोसहित)

शुक्रबार, १३ साउन २०७४ गते मा प्रकाशित

kunti Shahi

कुन्ती शाही राप्रपा नेपालका तर्फबाट पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद् भइन् । संविधान जारी भएपछि बनेको ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री बनिन् ।

आर्कषक जिउडाल र युवावयका कारण पनि कुन्ती धेरैको नजरमा पर्छिन् । कञ्चन न्यौपानेले धेरैको नजरमा नपरेका कुन्तीको जीवनका कैयौं पाटा केलाउने प्रयास गरेकी छन् ।

दैलेखदेखि काठमाडौँसम्मको जीवनयात्रा कसरी भयो ?

मैले दैलेखको त्रिभुवन उच्च माविबाट एसएलसी गरेकी हुं । एसएलसीपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएल गरेँ । ब्याचलर्सको फर्स्ट  इयरसम्म म नेपालगञ्जमै पढ्थेँ । राजनीतिमा त म आठ कक्षामा अध्ययन गर्नेवेलामा नै लागेकी थिए । विद्यार्थी राजनीतिको सुरुवात मालेबाट गरेको थिएँ । एमाले एकीकृत हुनुभन्दा अघि माले थियो, मालेको विद्यार्थीको जिल्ला सचिव थिएं । क्याम्पसमा आइसकेपछि म राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ आर्कषित भए । म राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको झापामा भएको महाधिवेशनबाट केन्द्रिय सदस्य भएँ ।

रन्तर रुपमा म आफ्नो राजनीतिक यात्रामा अघि बढिरहेँ । म केन्द्रिय सदस्य भएको नाताले काठमाडौं आइरहनु पथ्र्यो । महिनामा एकदुई पटक आउनैपर्ने भएपछि मैले काठमाडौंको कलेजमा ट्रान्सफर गरें । काठमाडौँ आउँदा म संगठनको उपाध्यक्ष भइसकेकी थिएं । त्यसपछि मलाई महिला संघमा काम गर्न मन लाग्यो ।

विद्यार्थी संगठनमा अनेकथरी मान्छेहरुसंग प्रतिप्रष्र्धा गर्नुपर्ने । महिला संगठनमा महिलासंग मात्र प्रतिष्प्रर्धा गरे पुग्ने । महिलाहरुलाई राजनीतिमा आउँन र आइसकेपछि पनि टिकिरहन धेरै अप्ठ्यारो हुन्छ । हाम्रो सामाजिक गतिविधि, सोच र परिवेश नराम्रो भएकाले महिलालाई राजनीतिमा आउँन असजिलो र आएकालाई पनि प्रगति गर्न गाह्रो भएको कुरालाई महशुश गरेपछि मैले महिला संगठन रोजे । महिला संगठनको भैरवामा भएको अधिवेशनबाट म महासचिव पदमा निर्वाचित भएँ । अर्को अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएं । पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भइसकेको थिएं । पार्टीको सहायक महामन्त्रीको जीम्मेवारीपनि पाएं । विद्यार्थी राजनीति गर्दै दैलेखजस्तो ठाउँबाट कैयन आरोह, अवरोह र अवरोधहरुलाई पार गर्दै म यहाँसम्म आएको छु ।

तपाईको पढाइ कस्तो थियो ?

म फेल भएको छैन । हामीले चार कक्षा देखि ए बि सी डि पढेको हो । पहाडी ठाउंको पढाइ हो । हामीकहाँ गणित र अङग्रेजी पढाउने शिक्षकहरु पनि तराइबाट जानुपथ्र्यो । त्यो अवस्थामा गणित पढाउने शिक्षकहरु हुन्थेनन् । त्यस्तो अवस्थामा पनि म राम्रो विद्यार्थीका रुपमा पर्ने गर्थेँ । खेल, वक्तित्वकला, सांकृतिक कला र परीक्षामा म सधैँ आफूलाई आफूभन्दा जान्ने व्यक्तिहरुसगँ तुलना गर्थे । म भन्दा जान्नेलाई जसरी भएपनि जित्नुपर्छ भन्ने लाग्थ्यो ।

 यहांको बुबा पनि सभापति हुनुहुन्थ्यो, राजनितीमा आउँने प्रेरणा परिवारबाटै मिलेको हो ?

 हो । मेरो पारिवारिक वातावरणबाट नै राजनीतिमा आउँने प्रेरणा मिलेको थियो । मेरो बुबा देलेख जिल्लाबाट निरन्तर तीन अवधी या भनौँ पन्ध्र वर्षसम्म नियमित जिल्ला पंचायतको सभापति हुनुभएको हो । दैलेखमा हुने हरेक राजनीतिक गतिविधिका विषयमा हाम्रो घर असाध्यै चलायमान थियो । पञ्चायतमा एउटा जनताको उम्मेद्वार, एउटा सरकारी उम्मेद्वार भन्ने हुँदो रहेछ । मेरो बुबा जनताको उम्मेद्वार हुनुहुन्थ्यो । जति पनि कांग्रेस एमाले या अहिलेसम्म हामी भन्दा माथि जो राजनीति गरिरहनुभएको छ उहांहरुको राजनीतिक थलोको रुपमा मेरो घर थियो । बैठक, विकास निर्माणका छलफल, राजनीतिक बसिबियांलो छुट्दैनथ्यो । घरको वातावरणले मलाई यहांसम्म आउंन ठूलो सहयोग र आधार प्रदानगर्यो ।

कत्तिको गाह्रो छ वैवाहिक जीवन र राजनितीक जीवनलाई सँगै लैजान ? 

भोलि आउँने परिस्थितीलाई सहज बनाईदिनका लागि हामीले केहि न केहि कुराहरुलाई व्यवस्थित गरेर अगाडि बढ्नै पर्छ । दुख चाहिँ हुन्छ । दुख भयो भन्दैमा पछि पर्नुहुँदैन । दुख त पक्कै पनि हुन्छ । मरो विवाह भएको दुई वर्ष भयो । विवाह पछिको समयलाई व्यवस्थित गर्न एक्लो हुंदाजस्तो सहज हुंदैन । विवाह पछि जिम्मेवारी पनि बढ्छ । समयलाई व्यवस्थित गर्न ध्यान दिइरहेकी छु । मेरो श्रीमान सरल स्वभावको व्यक्ति भएकाले सजिलो भएको छ ।

यत्तिको व्यस्त हुनुहुन्छ घरायशी काम कत्तिको गर्नुहुन्छ ?

 कहिले काहिँ फुर्सद भएको बेला गर्छु । सरसफाईमा बढि ध्यान दिन्छु । खाना पकाउँन मन लाग्छ । मलाई घरायशी काम सबै आउँछ तर व्यस्तताले भ्याउँदिन । व्यस्तताको बाबजुद पनि कहिलेकाहिँ खाना पकाउने र सरसफाई गर्ने गर्छु ।

राजनीतिको भिडभाडमा हुनुहुन्छ, सुन्दर हुनुहुन्छ, सेक्सुवल ह्र्यासमेन्ट कत्तिको हुन्छ ?

सेक्सुअल ह्र्यासमेन्ट छ । तर ह्र्यासमेन्टको प्रकृति फरकफरक हुनसक्छ । कहिलेकाहीं मान्छेले हेरिरहेरपनि ह्र्यासमेन्ट गरिरहेका हुन्छन् । नेपालमा मात्र होइन, विश्वमै महिलाहरु ह्र्यासमेन्टमा परिरहेका हुन्छन् । मेरो बच्चादेखिकै स्वभाव हो प्रतिरोध गर्ने । ममाथि अन्याय भयो भन्ने लाग्यो भने जस्तोसुकै परिस्थिति र जोसुकैसंगपनि म प्रतिरोध गर्छु । मलाई सेक्सुअल्ली ह्यासमेन्ट गर्न खोज्दा मैले प्रतिकार गरेकी छु । जब म बि एल पढ्न काठमाडौँ बस्थेँ । क्याम्पस जांदाआउंदा बानेश्वरको बाटोमा सधैँ केटाहरुको समुहसंग जम्काभेट हुन्थ्यो । त्यो समुहले केटी देख्यो कि जिस्काउने गर्थे । कहिलेकाहीं त कलेजै नजाऊ भन्ने पनि हुन्थ्यो । उनीहरुले अनैतिक शब्द प्रयोग गर्थे । म हिड्दै गर्दा अश्लिल शब्द प्रयोग गरे । मैले सहनै सकिन । धम्कीपूर्ण भाषामा गाली गरेँ । त्यसपछि मलाई त्यस्ता शब्द प्रयोग गर्न छाडे । मसंग उपद्रो व्यवहारपनि गरेनन् । महिलाहरुले आँट गर्नुपर्छ तर परिस्थितीलाई हेर्नुपर्छ । यस विषयमा हिजोको भन्दा अहिले सुध्रिएको अवस्था छ । पूर्णरुपमा नियन्त्रण भइसकेको छैन । कसैलाई ह्र्यासमेन्टमेन्ट भयो भने प्रहरीलाई सूचना दिनुपर्छ । कसैलाई यदि ह्यारास्मेन्ट भएको छ भने तुरुन्तै कारवाही गर्ने सवालमा ढिलासुस्ती गरिन्छ । यस्तो ढिलासुस्तीले हुंदैन । राजनीतिमा मैलें ह्र्यासमेन्टको अनुभव गर्न परेन । तर, महिलालाई जति राम्रो काम गर्दापनि गर्नै सक्दिन भन्ने परिस्थिति निर्माण गर्न खोजिन्छ । अपठ्यारो त राजनीतिमा पनि छ ।

राजनीतिमा नेतासगँ समर्पित भएर मात्रै माथि जान सकिन्छ भन्ने गर्छन् । यस विषयमा के भन्नुहुन्छ तपाइँ ?

यो सोचले नै महिलाहरुलाई अगाडि बढ्न दिदैन । अघि मैले भने त्यस्तो वातावरण तयार गरिन्छ । नेताहरुसगँ समर्पित भएपछि मात्र पद पाइन्छ र अगाडि बढिन्छ भन्ने सोचपनि हावी छ । महिलाहरु आफैँ सचेत हुनुपर्ने हो । पुरुषहरुले यस्तो वातावरण बनाउँछन्, महिलालाई प्रयोग गरेर महिलालाई कमजोर बनाईदिन्छन् । हामी लडेर भिडेर क्षमताले यो ठाउँमा आएका महिलाहरु हौं । अहिलेको राजनीति हेर्नुहुन्छ भनेँ कुनै पनि कुरामा पुरुष भन्दा महिला कमजोर छैनन् । दाबीका साथ म भन्छु अहिलेको मन्त्रिपरिषद्, सांसद र पार्टीमा सक्षम महिला नै आएका छन् । पुरुषभन्दा कमजोर छैनन् । केहि अपबाद त हुन सक्छ । त्यस्ता कमजोर पात्रलाई प्रयोग गरिएको पनि हुन सक्छ । नेतासंग सर्मपित भएरपछि मात्रै अगाडि बढ्न सकिन्छ भन्ने सोच महिलाले त्याग्न सक्नुपर्छ । हामीले देख्छौँ नि महिलाहरु नै राष्ट्रपति, सभामुख तथा मन्त्री भएका छन् । उहाँहरुका विषयमा कति सरल र सहज ढङ्गमा मान्छेहरुले नकारात्मक तरिकाले विश्लेषण गरिदिन्छन् । त्यो गलत ढङ्गको विश्लेषणलाई हामी महिलाले प्रतिकार गर्नुप¥यो नि । हामीले उहाँहरुको पक्षमा बोल्नुपर्छ तर केहि महिलाहरु ‘ए हो त है’ भनेर हो मा हो मिलाउँछन् । ठीक कुरा हो भने हो भन्नुपर्छ तर बेठीकलाई पनि हो भन्नु भएन । अध्ययन गर्न जरुरी छ, दुख र सङ्घर्ष गर्न जरुरी छ । हामी महिला हौँ भनेरमात्रै पुग्दैन । पुरुषजस्तै खट्न र दुःख गर्न सक्नुपर्छ । महिला भएको नाताले मैले पाउँनुपर्छ भनेर हुंदैन । युग प्रतिष्प्रर्धाको छ । आफुलाई निर्खान सक्नुपर्छ । अहिले केहि आरक्षणका अवस्थाहरु छन् तर यो सधैँ रह्यो भने देश अगाडि बढ्न सक्दैन नि त । त्यसैले यो कुराको अन्त्य स्वयं हामीहरुबाट र्नुपर्छ । 

यहाँको पत्रकार ऋषि धमालासगँ विवाहको कुरापनि चलेको सुनिएको थियो । धमला र तपाईको विवाहका लागि कमल थापा स्वयंले प्रस्ताव गर्नुभए पनि किन बिहे भएन ?

मैले त पहिलो पटक तपाइँबाट सुन्दै छु । कमल थापा वास्तावमा मेरो गड फादर हुनुहुन्छ । व्यवहारमा र सबै कुरामा उहाँ मेरो बुबाजस्तै हो । उहाँबाट कहिल्यै यस्तो कुरा आएन । ऋषि धमलासंग त मेरो विवाहका सम्बन्धमा कहिल्यै नाम जोडिएन । प्रसंगपनि उठेन ।