राजनीति

प्रचण्डलाई धन्यवाद दिए गच्छदारले

बुधबार, २४ जेठ २०७४ गते मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACY

जेठ २३ –लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिमा सहकार्यको युगको प्रारम्भ गरेको बताए । नेपाली कांग्रेसलाई सत्ता हस्तान्त्रण गरेर सहमति कायम गरेको बताए ।

प्रस्तावित प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीमा सदनमा समर्थन जनाउँदै उनले नेपाली जनताले लोकतन्त्र र गणतन्त्रको लागि गरेको संघर्षको स्मरण समेत गरे । साथै उनले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो भूमिकाको समेत उल्लेख गरेका छन् । साथै  उनले प्रचण्डलाई आन्दोलनको महान पात्र भएको समेत बताए ।